News desk

विश्व बैंकका ७२ अर्बका आयोजनाहरूको तयारी फास्ट ट्रयाकमा गरिने

काठमाडाैं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो। तेस्रो चरणको रानीजमरा कुलरिया सिंचाइ र पहुँच तथा उत्थानशिलताको लागि डिजिटल सेवा रुपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि फास्ट …

पुरा पढ्नुहॊस »

चीनको सिचुवान एयरलाइन्सले बिहीबार पोखरामा चार्टर्ड उडान गर्ने

काठमाडाैं । चीनको सिचुवान एयरलाइन्सले बिहीबार पोखरामा चार्टर्ड उडान गर्दै छ। पर्यटन खेलकुद सम्बन्धी कार्यक्रममा चिनियाँ अधिकारीको सहभागिताका लागि सिचुवान एयरलाइन्सले चार्टर्ड उडान गर्न लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विहान ८ः५५ मा कुनमिङबाट पोखरा ल्यान्ड गर्ने तालिका रहेको छ। ल्यान्ड गरेको डेढ घण्टामै पोखरामा कुनमिङ अन्तर्राष्ट्रिय विमानस्थल फर्कने उडान तालिका स्वीकृत गरेको छ। ‘बिहीबार सिचुवान एयरलाइन्सको जहाजले पोखरामा चार्टर्ड उडान गर्दै छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, …

पुरा पढ्नुहॊस »

काठमाडौं भित्र्याउन लागेको आधा किलो सुनसहित कैलालीका युवक पक्राउ

कठमाडौँ । काठमाडौं छिर्ने नाका नागढुंगाबाट प्रहरीले आधा किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुवाहक बसको अन्तिम सिटमा सवार ढकालको साथबाट आधा केजी सुन बरामद गरेको छ । कालो टेपले बेरेर ल्याएको सो सुन नेपालगञ्जबाट ल्याएको आरोपीले प्रहरीलाई बताएका छन् । उनलाई थप अनुसन्धान र कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार …

पुरा पढ्नुहॊस »

कांग्रेसले तोक्यो उपचुनावका प्रादेशिक कमाण्डर, कहाँ को-को ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ ।

पुरा पढ्नुहॊस »

छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

पुरा पढ्नुहॊस »

तीन प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका …

पुरा पढ्नुहॊस »

नेपालमा पहिलो पटक टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारको पत्र

काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहारअघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मंगलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाण पत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।

पुरा पढ्नुहॊस »

लगातार ओरालो लाग्यो शेयरबजार

काठमाडौं । तिहार पछिको दोश्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से १.८८ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २६ सय ७५.५१ को बिन्दुमा कायम रहेको छ। बजार घट्दा कारोबार रकम भने बढेको छ । तिहार अघिको कारोबार दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका ३२० कम्पनी मध्ये १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर …

पुरा पढ्नुहॊस »

लुम्बिनी प्रदेशलाई ८ रनले हराउँदै सुदूरपश्चिमले जित्यो उपाधि

काठमाडौं । सुदूरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृति यु १९ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । लुम्बिनी प्रदेशलाई हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो । सुदूरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । बुधवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै च्याम्पियन भएको हो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अल आउट हुँदै १ सय १९ रन मात्र बनायो ।

पुरा पढ्नुहॊस »

युनिलिभर नेपालका सेयर धनीहरूका लागि अहिलेसम्मकै उच्च लाभांश

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले ३१ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्मकै उच्च लाभांश १ हजार ७१४ रुपैयाँ प्रति शेयर स्वीकृत गरेको छ । गत वर्षको भुक्तानीको तुलनामा यो ८% वृद्धि हो । कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेईले कम्पनीलाई हालको स्थितिमा पुर्‍याउनको लागि सेयर धनीहरूको अटुट सहयोगको लागि धन्यवाद ज्ञापन गरे । सभामा विगत चार वर्ष देखि युनिलिभर नेपालको …

पुरा पढ्नुहॊस »