लगातार ओरालो लाग्यो शेयरबजार

काठमाडौं । तिहार पछिको दोश्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से १.८८ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २६ सय ७५.५१ को बिन्दुमा कायम रहेको छ।

बजार घट्दा कारोबार रकम भने बढेको छ । तिहार अघिको कारोबार दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३२० कम्पनी मध्ये १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री