News desk

संसद्‌मा कांग्रेसले भन्यो- सरकार गृहमन्त्री गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा छ

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई पदमा बसिरहन नैतिकताले नदिने बताएको छ । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रमीला गौतमले गृहमन्त्रीको राजीनामा मागेकी हुन् । गृहमन्त्रीले आफूविरुद्ध परेको उजुरीलाई चिर्कट्टोको संज्ञा दिएको भन्दै उनले आपत्ति जनाइन् । ‘उजुरी त कागजमै लेख्नुपर्ने होला नि ! ताम्रापत्रमा स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि,’ उनले अगाडि भनिन्, ‘यी घटना र अभिव्यक्तिले सहकारी पीडितको विषयमा अनुसन्धान …

पुरा पढ्नुहॊस »

सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड, १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउले इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

पुरा पढ्नुहॊस »

एशियाली खेलकुदमा रजत पदक हात पारेकी एरिकाले अमेरिकामा जितिन् स्वर्ण

काठमाडौं । एशियाली खेल कुदकी रजत पदक विजेता एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन अन्तर्राष्ट्रिय करातेमा जुनियरतर्फ स्वर्ण र सिनियरमा रजत पदक जित्न सफल भएकी छन् । जुनियरतर्फ आइतबार राति भएको खेलमा एरिकाले यू–२१ अन्तर्गत ६८ केजी तौलमाथिको स्पर्धामा स्वर्ण चुमेकी थिइन् । त्यस्तै, एरिकाले सोमबार बिहान भएको सिनियरतर्फको युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथिको तौल समूहमा भने फाइनलमा अमेरिकी खेलाडीसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाइन् । …

पुरा पढ्नुहॊस »

अर्थ मन्त्रालयले भन्यो- बजेट लेख्दैछौँ, भेटघाटमा नआउनू/सुझाव भए इमेल गर्नू

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको हो । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा …

पुरा पढ्नुहॊस »

मकवानपुरमा आमाको हत्या आरोपमा २६ वर्षीय युवक पक्राउ

काठमाडौं । मकवानपुरमा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । थाहा नगरपालिका-१० स्थित तल्लो बिसिङ्गखेलमा आमा ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको कारण ज्ञानी मायाको हत्या गरिरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । गत फागुन ३० गते बिहान करिब १० बजे घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेपछि इलाका प्रहरी कार्यालय चित्लाङमा …

पुरा पढ्नुहॊस »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्‍यो बीमा अभिकर्ताको तालिम

काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चैत्र १३ देखि १६ गतेसम्म आयोजना गरेको थियो । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जनाव्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी …

पुरा पढ्नुहॊस »

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक

काठमाडौं । आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत् अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् । चैत ६ गतेदेखि जेठ मसान्तसम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सञ्जालमा सार्वजनिक गरिने …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकद्वारा Global Money Week 2024 को अवसरमा गरिएका विभिन्न कार्यक्रमहरू सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्र्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२४ मार्च १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको “Global Money Week 2024” को अवसर पारी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । यस वर्षको ग्लोबल मनी विक २०२४ को नारा ‘Protect Your Money, Secure Your Future’ लाई सार्थक बनाउने प्रयास स्वरूप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानहरूमा विद्यार्थी लक्षित …

पुरा पढ्नुहॊस »

कास्की जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन। जिपमा १२ जना सवार थिए । घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकद्वारा विभिन्न कार्यक्रमहरू गरि Global Money Week 2024 समापन

काठमाडौँ । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको Global Money Week 2024 को १२औं शृङ्खला गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू गरी भव्यरुपमा मनाएको छ । “Protect Your Money, Secure our Future” भन्ने नाराका साथ विश्वव्यापी रुपमा २०२४ मार्च १८ देखि २४ सम्म मनाइएको यस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका …

पुरा पढ्नुहॊस »