News desk

देशभर बदली, कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका …

पुरा पढ्नुहॊस »

एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी

काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् । परीक्षाका …

पुरा पढ्नुहॊस »

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

पुरा पढ्नुहॊस »

सेन्ट जेभियर्स, बूढानीलकण्ठ र सेन्ट मेरिजलाई शिक्षामन्त्रीले भनिन्- पहुँचका आधार विद्यार्थी भर्ना नगर्नुस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलहरूलाई आग्रह गरेकी छन् । ती विद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरूलाई मन्त्रालयमै बोलाएर मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा नभई निर्धारित विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा भर्ना लिन भनेकी हुन् । ‘ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईँहरूको त …

पुरा पढ्नुहॊस »

जलवायु परिवर्तनले यौन इच्छामा कमी, महिलाको प्रजनन् स्वास्थ्यमा गडबडी

जलवायु परिवर्तनबाट हुने मौसमी घटनाका कारण महिला तथा पुरुषमा यौन इच्छामा कमी हुँदै गएको एक तथ्यांकले देखाएको छ । यस्तो परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे अनुसन्धान गरिरहेको आईपास नेपालको सन् २०२३ को तथ्यांकले देखाएको हो ।

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले यो कार्यक्रम सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको हो । सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरूलगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य …

पुरा पढ्नुहॊस »

सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ, अन्य संलग्नता छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केही नभएको बताएका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्दा दर्ता भएको आफूले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् । गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यही उत्तर दिने बताउँदै आफूमाथि …

पुरा पढ्नुहॊस »

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र जीएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी हो । यी दुई कम्पनीबीच नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतासँगै अब दुवै कम्पनीले नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाभ्यतामा काम गरिने बताइएको …

पुरा पढ्नुहॊस »

जलवायु न्यायका लागि सगरमाथा आधार शिविरमा ७ बुँदे घोषणापत्र जारी

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा जलवायु न्यायका लागि ७ बुँदे घोषणापत्र जारी गरिएको छ । विभिन्न विधामा ख्याति प्राप्त नारीहरूको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा सगरमाथा आधार शिविर पुगेको टोलीले शुक्रवार घोषणापत्र जारी गरेको हो । जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालहरूमा देखिएका असरहरूको बारेमा विभिन्न तहका सरकारहरूको गम्भीर ध्यानाकर्षण गराउने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले कञ्चनपुरको कृष्णपुरमा गर्‍यो वृक्षारोपण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्ला स्थित कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाहरूको वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्‍याएको बताएको छ । बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरबासीहरूको उपस्थिति रहेको थियो । बैंकले डिजिटल कारोबारलाइ प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी …

पुरा पढ्नुहॊस »