News desk

इजरायलले सुरु गर्‍यो इरानमाथि आक्रमण, विश्वबजारमा सुन र तेलको भाउ बढ्यो

काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा प्रहार गरिएको बताएका हुन् । तर इरानमा क्षेप्यास्त्र प्रहार भएको विषयमा अमेरिका रक्षा मन्त्रालय र इजरेली सेनाले टिप्पणी गर्न अस्वीकार गरेका छन् । यद्यपि इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको इस्फहान प्रान्तस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटन सुनिएको अपुष्ट जानकारी पाएको उल्लेख गरेका छन् । इरानको प्रतिरक्षा प्रणालीले तीनवटा ड्रोन नष्ट पारिदिएको बताइएको छ । इस्फहान सामरिक महत्त्व भएको …

पुरा पढ्नुहॊस »

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी र भीमेश्वर-१ का शिव श्रेष्ठ रहेको खुलेको छ । दोलखाको भीमेश्वर-१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ पिस्करमा दुलही लिन हिँडेको बा ४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी-५ स्थित तौथलीनजिकै शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको थियो । ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा दुलहासहित ५२ जना …

पुरा पढ्नुहॊस »

सगरमाथा आरोहण गर्न बन्यो नयाँ बाटो

काठमाडौं । सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालमा ल्याइएको छ । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुटनजिकै भएर नयाँ बाटो तयार पारिएको हो । उनले भने, ‘सगरमाथा आरोहणका लागि बाटो बनाउन गएका आठ जना अनुभवी ‘आइसफल डाक्टर’ (हिमालमा बाटो बनाउने मान्छे) शेर्पाले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो तयार पारेका छन् । …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका (पिस्कर)-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस धारावतीमा आज बिहान करिब ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनकाअनुसार …

पुरा पढ्नुहॊस »

छोटुलालले धनीलाई बुझाए बाटोमा भेटिएको १७ लाख

काठमाडौं । भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई बुझाएका छन् । अहिले पोखरा महानगरपालिका-३ बस्ने छोटुलाल शर्माले बाटोमा फेला पारेको रकम माता श्री ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनारलाई बुझाएका हुन् । बिहीबार दिउँसो साढे १ बजेटिर पोखरा-८, पृथ्वीचोकमा रहेको ज्वेलर्सबाट त्यहाँका कालिगढ मनोहर पवँर रकम जम्मा गर्न नयाँबजारको कृषि विकास बैंक जाने क्रममा बाटोमा सो रकम राखिएको झोला खसेको थियो …

पुरा पढ्नुहॊस »

टेलिकमले माग्यो १२९ कर्मचारी, कुन पदका लागि कति जना ? (सूचनासहित)

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । टेलिकमले विभिन्न प्राविधिक पदका लागि १२९ जनाका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त दिनका लागि यही वैशाख २७ गतेसम्म फर्म भर्न सकिने पनि जनाइएको छ ।

पुरा पढ्नुहॊस »

भारतमा लोकसभा चुनाव : २१ राज्यका १०२ सिटमा धमाधम मतदान

काठमाडौं । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । आज भारतका २१ राज्यसहित केन्द्र शासित प्रदेशका १०२ लोकसभा सिटका लागि मतदान हुँदैछ । सात चरणमा निर्वाचन हुने भए पनि पहिलो चरणमा १०२ सिटमा मतदान भएपछि कसको सरकार बन्ने भन्ने रूपरेखा तयार हुने भएको छ । १०२ लोकसभा …

पुरा पढ्नुहॊस »

नेपाली सेनामा खुल्यो २६१५ जनाका लागि रोजगारी (सूचना)

काठमाडौं । नेपाली सेनाले विभिन्न सैन्य तथा ट्रेडका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न समूहमा गरी सैन्य समूहमा २ हजार ५ सय जना र ट्रेड फलोअर्सका तर्फ ११५ जनाका लागि दरखास्त आह्वान गरेको हो । यसरी दुवै समूह गरी नेपाली सेनाले २६१५जनाको लागि दरखास्त आह्वान गरेको छ ।

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »