News desk

देशका धेरै स्थानमा मेघगर्जनसहित बिहानैदेखि वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित बिहीबार बिहानैदेखि देशका धेरैजसो स्थानमा मेघगर्जनसहित बर्षा भइरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश–३ हुँदै प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । प्रदेश–२ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश–१ तिर सर्ने क्रममा छ । ‘काठमाडौंमा अब ४०-४५ मिनेटपछि पानी पर्न रोकिने सम्भावना देखिएको छ,’ वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘त्यसपछि वर्षा प्रदेश–१ तिर …

पुरा पढ्नुहॊस »

कोरोनाको दोस्रो डोज आजदेखि, यी हुन् खोप केन्द्र [सूचीसहित]

काठमाडौं । सरकारले आजदेखि कोभिड-१९ को दोस्रो मात्राको खोप लगाउँदैछ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड-१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा खोप लगाएका व्यक्तिले आजदेखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन सक्नेछन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो । …

पुरा पढ्नुहॊस »

सेतो मच्छेन्द्रनाथको रथयात्रा: राष्ट्रपतिले दर्शन गर्ने, मास्क अनिवार्य

काठमाडौं । कोरोना संक्रमणको जोखिमका बाबजुद आज वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा काठमाडौंमा शुरु हुँदैछ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ । असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । रथ दोस्रो दिन असनबाट …

पुरा पढ्नुहॊस »

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए । पत्रकार …

पुरा पढ्नुहॊस »

आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते

दाङ । दाङमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । राप्ती गाउँपालिका–५ कालापानीमा गए राति आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

काठमाडौं । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत …

पुरा पढ्नुहॊस »

आज चैते दशैं, नवदुर्गा भवानीको पूजा गरी मनाइँदै

काठमाडाैं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन …

पुरा पढ्नुहॊस »

सरकारसँग कांग्रेसको माग- हरेक नागरिकलाई तत्कालै कोरोना खोप

काठमाडाैँ । नेपाली कांग्रेसले हरेक नागरिकलाई कोरोनाविरूद्ध खोप दिन सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले कोरोनाबाट जनतालाई बचाउन विशेष कार्ययोजना तयार पार्नसमेत सरकारसँग माग गरेको हाे । विश्व बजारमा उपलब्ध भइसकेको कोरोनाविरुद्धको भ्याक्सिन पर्याप्त मात्रामा आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान सञ्चालन गर्न बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको छ । कोरोनाबाट जोगिन सतर्कताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले …

पुरा पढ्नुहॊस »

पूर्ण क्षमतामा मेलम्ची, अब उपत्यकामा दैनिक १७ करोड लिटर पानी

काठमाडाैँ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा दैनिक पूर्ण क्षमतामा पानी उपलब्ध गराउन थालेको छ । मेलम्ची खानेपानी विकास समितिले उपत्यकामा सोमबारदेखि दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालेको हो । मेलम्ची खानेपानी विकास समितिका अनुसार सोमबारदेखि सुन्दरीजलमा निर्मित दुवै पानी प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन आएका हुन् । सुन्दरीजलका पानी प्रशोधन केन्द्र पूर्ण क्षमतामा आएसँगै उपत्यकाको वितरण प्रणालीमा प्रतिदिन १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको हो …

पुरा पढ्नुहॊस »

आजको मौसमः चट्ट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने

काठमाडाैँ । आज अपरान्ह पछि देशका पश्चिमी भू–भागमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका उच्च पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाकी भू–भागको मौसम छ। महाशाखाका अनुसार आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र बाकी प्रदेशका पहाडी …

पुरा पढ्नुहॊस »