News desk

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार चौथो जित दर्ता गरेको हो । साउदीले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर ७५ रन बनायो । नेपालका गुल्शनकुमार झाले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए । १९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्रसिंह …

पुरा पढ्नुहॊस »

महावीर पुनले आत्मकथा बेचेर कमाए ५ करोड

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा‍. महावीर पुनले आत्मकथा बेचेर ५ करोड रुपैयाँ आर्जन गरेको बताएका छन् । ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक सो पुस्तक बिक्री गरी झन्डै पाँच करोड रुपैयाँ आम्दानी भएको उनले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । गत असोज २८ मा सार्वजनिक उक्त पुस्तक बिक्रीका लागि पुन विभिन्न जिल्ला पुगेका थिए । उनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको बताएका …

पुरा पढ्नुहॊस »

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको थियो । अरुद्ध सेवा मर्मतपछि मङ्गलबार साँझदेखि ५ सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जीनीयर विनोद सापकोटाले जानकारी दिए । उनले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताए । आज …

पुरा पढ्नुहॊस »

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । एलिनाकै घरमा परम्परागत रीतिरिवाजपूर्वक विवाह भएको छ । यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका हुन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एलिना निकै चर्चामा रहेकी गायिका हुन् भने विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् ।

पुरा पढ्नुहॊस »

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच अनलाइन भुक्तानी सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय कम्पनीबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध ट्याक्सी व्यवसायीले प्रभु बैंकमा रहेको खाताबाट सहजै मोबाइल एप्लिकेसनबाटै भुक्तानी सम्बन्धी काम गर्न सक्नेछन् । सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर र गण्डकी ट्याक्सी व्यवसायका अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति थियो । सार्वजनिक यातायातका सेवाग्राहीले …

पुरा पढ्नुहॊस »

सल्यान बस दुर्घटना अपडेट : १४ जना घाइते, ४ को अवस्था गम्भीर

काठमाडौं । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताए । उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि …

पुरा पढ्नुहॊस »

एन्फा उपाध्यक्ष दावा लामा लागू औषध मुद्दामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । अदालतको यो …

पुरा पढ्नुहॊस »

सल्यानमा पुलबाट बस खस्यो, उद्धार जारी

काठमाडौं । सल्यानमा बस दुर्घटना भएको छ । घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बिहान करिब ११ बजेतिर बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो । बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस दुर्घटनाका घाइतलाई अहिले प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ नविन कार्कीले बताए । बस …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री पुनले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्ष

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डीसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका हुन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । पुनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेट गरेका छन् । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाडौंमा विश्व …

पुरा पढ्नुहॊस »