News desk

बागलुङ बस दुर्घटना : पत्रकार विक्रम परियारको पनि निधन

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा सोमबार साँझ भएको बस दुर्घटनामा रुकुमपूर्वका पत्रकार विक्रम परियारको पनि निधन भएको छ । बस दुर्घटनामा अहिलेसम्म ज्यान गुमाउने ९ जनामध्ये एक जना पत्रकार परियार हुन् । पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । अन्नपूर्ण पोष्ट र रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकार परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौँ …

पुरा पढ्नुहॊस »

महिन्द्रराय यादव पक्षले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)मा अध्यक्ष डा बाबुराम भट्टराई पक्षले माओवादी केन्द्रसँग एकता प्रक्रियामा जाने नेताहरूलाई पदमुक्त गरेपछि अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले आकस्मिक बैठक बोलाएका छन् । सोमबार बसेको नेसपाको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरूलाई पदमुक्त गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै महिन्द्र पक्षले मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक बिहान ११ …

पुरा पढ्नुहॊस »

देशका केहि भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज (मंगलबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन …

पुरा पढ्नुहॊस »

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षीय प्रधानको गएराति काठमाडौँको बानेश्वरस्थित निवासमा निधन भएको हो । प्रधानको बिहान ९ बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए । प्रधानका बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, …

पुरा पढ्नुहॊस »

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकार

काठमाडौँ । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट दुई–दुई जना सदस्य रहेको कार्यदलले साझा न्यूनतम …

पुरा पढ्नुहॊस »

काठमाडौं आउँदै गरेको बस निसीखोलामा खस्दा ९ को मृत्यु, २८ जना घाइते (नाम/ठेगाना)

काठमाडौं । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । दुर्घटनामा …

पुरा पढ्नुहॊस »

महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका आचार्य बर्खास्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य बर्खास्त भएका छन् । बैंकको महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा आचार्यलाई बर्खास्त गरिएको हो । एक सार्वजनिक कार्यक्रममा बैंकको कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै आचार्यमाथि छानबिन भएको थियो । आन्तरिक अनुसन्धानबाट आचार्यको बयान लिइएकोमा चित्त बुझ्दो जवाफ नमिलेपछि उनलाई नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार बर्खास्ती गरिएको हो । पुसमा नगरकोटमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्र बैंककै एक महिना कर्मचारीमाथि …

पुरा पढ्नुहॊस »

आइएमई पे मार्फत आन्तरिक हवाई टिकट अन्तर्गतको रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा वृद्धि

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको कुल संख्या हजारौं पुगेको छ । सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो । कम्पनीका अनुसार आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, …

पुरा पढ्नुहॊस »

सुन प्रकरणमा महरालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए । लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

पुरा पढ्नुहॊस »

रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता

काठमाडौं । कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्डबाट धुम्बाराही काठमाडौं अवस्थित, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको श्री अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ । फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झा र अकामा होटलको तर्पmबाट होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा …

पुरा पढ्नुहॊस »