News desk

संसद्को विकास समितिमा बस्ने यी हुन् तीन ठेकेदार सांसद

काठमाडाैं । सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन् । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेका हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठ र विमल खतिवडाले लेखेका छन्। रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक सांसद हुन् । …

पुरा पढ्नुहॊस »

फेसबुकमा समाचार सेयर गर्दा जागिर चट् !

काठमाडाैं । समाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ । जिल्ला अदालतले रायलाई फेसबुकमा संविधानविरोधी गतिविधि सेयर गरेकै कारण जागिरबाट हटाएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ । संविधान विरोधी समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका कारण करारमा कार्यरत उनलाई हटाइएको अदालतले जनाएको छ । ‘न्यायालयमा उच्च मनोवलका साथ न्याय खोज्न आउँछन्, तर मलाई न्यायालयबाटै अन्याय भयो,’ आइतबार …

पुरा पढ्नुहॊस »

एसिड आक्रमणकी घाइते सम्झनाको मृत्यु

काठमाडाैं । तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनको आइसीयूमा उपचार भइरहेको थियो । सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो …

पुरा पढ्नुहॊस »

नेकपाभित्र यस्तो छ गुटैगुटको जंजाल

काठमाडाैं । पार्टी निर्माणमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ । बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता भएकै दिनदेखि वरिष्ठताको एजेण्डा उठाएको उठायै छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पदबाट राजीनामा नै दिनुपर्ने अबस्था आयो। उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन । अर्का वरिष्ठ नेता माधब नेपाल भन्दैछन्–पार्टीमा आफ्नो पक्षका नेतालाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव गरिँदैछ । के नेकपाभित्र गुटबन्दी हाबी छ ? आइतबार विहान …

पुरा पढ्नुहॊस »

प्यूठानमा विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्यांकन गरी यसबारे स्थानीयबासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रभाव मूल्यांंकन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करीब ६० दशमलब ७९ हेक्टर क्षेत्रफल ओगटेको छ । आयोजना निर्माणले …

पुरा पढ्नुहॊस »

आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ …

पुरा पढ्नुहॊस »

देशभरको नयाँ गाडी भाडा सार्वजनिक, कहाँको कति? (भाडादरसहित)

काठमाडाैं । सरकारले देशभरको सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । इन्धनको मल्य बढेको तर भाडा लामो समयदेखि नबढेको भन्दै यातायात व्यवसायीहरुले दशैका लागि अग्रिम टिकट बुकिङ नगर्ने अडान लिएपछि सरकार भाडा बढाउन सहमत भएको थियो । शनिबार भाडा बढाउने बारे व्यवसायी र सरकारबीच सहमति भएपछि यातायात व्यवस्था विभागले देशभरका रुटमा लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको छ ।  अब कहाँबाट कहाँ पुग्न कति भाडा लाग्छ ? सूची  हेर्न यहाँ …

पुरा पढ्नुहॊस »

सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने

काठमाडौं । सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपसँग वार्ता गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।  चिनियाँ कम्पनी गेजुवाले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा चासो व्यक्त …

पुरा पढ्नुहॊस »

दसैँको अवसरमा खाद्यान्नमा छुटैछुट, कुन वस्तुमा कति छुट ?

काठमाडाैं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १२ गतेदेखि देशका विभिन्न भागमा सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । कात्तिक २७ गतेसम्म संचालन हुने यस्ता पसलमा दैनिक उपभोग्य बस्तु सस्तो पर्ने र सर्वसाधारणलाई राहत पुग्ने सरकारको दावी छ । खाद्य संस्थान तथा नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका उत्पादन तथा व्यवसायिक उपभोग्य बस्तुहरु सहुलियत पसलमार्फत बिक्री हुनेछ । साल्ट ट्रेडिङले नुन तथा चिनीको …

पुरा पढ्नुहॊस »

लघुवित्त परियोजनामा चिनियाँ सहयोग

काठमाडाैं – नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ । स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ । सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो । सिएफपिए नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था …

पुरा पढ्नुहॊस »