दसैँको अवसरमा खाद्यान्नमा छुटैछुट, कुन वस्तुमा कति छुट ?

काठमाडाैं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १२ गतेदेखि देशका विभिन्न भागमा सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । कात्तिक २७ गतेसम्म संचालन हुने यस्ता पसलमा दैनिक उपभोग्य बस्तु सस्तो पर्ने र सर्वसाधारणलाई राहत पुग्ने सरकारको दावी छ ।

खाद्य संस्थान तथा नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका उत्पादन तथा व्यवसायिक उपभोग्य बस्तुहरु सहुलियत पसलमार्फत बिक्री हुनेछ । साल्ट ट्रेडिङले नुन तथा चिनीको काठमाडौंमा ९ स्टल तथा बाहिर २४ स्थानबाट र घुम्ती सेवामार्फत बिक्री वितरण गर्नेछ ।

दुग्ध विकास संस्थानले घ्यू, पनिर लगायत दुग्धजन्य पदार्थ लैनचौर, बसन्तपुर र खुमलटार तथा काठमाडौंबाहिर हेटौंडा, बिराटनगर, जनकपुर, बुटवल, नेपालगन्ज, कोहलपुर, धनगढी लगायत गरी १२ स्थानबाट बिक्री गर्नेछ । तिबाहेक सहकारी पसलहरुहरुले सहुलियत पसलको नाममा सम्वन्धित संस्थानहरुबाट उपलव्ध गराएकै वा सोभन्दा कम मूल्यमा उपभोग्य सामान बिक्री गर्नेछन् ।

कुन खाद्यान्नमा कति छुट ?
सहुलियत पसलमा दाल, चामल उद्योग तथा बिक्रेताले ३ प्रतिशत छुटमा दिनेछन् । त्यस्तै तेल र घ्यु उद्योगले बजार मूल्यभन्दा प्रतिलिटर ३ रुपैयाँ छुट दिनेछन् । आयातित तेलमा प्रति ५ लिटरमा १५० रुपैयाँ छुट हुनेछ । चिनी उद्योगले प्रतिकेजी ५७ मा चिनी उपलव्ध गराउने छन् । सहकारीहरुले उत्पादन गरेको मसलामा १० रुपैयाँ छुट हुने बताइएको छ ।

छुटपछि के मा कति मूल्य पर्छ ?
सोना मन्सुली चामल प्रतिकेजी ४५ बाट ५ रुपैयाँ छुट हुँदा ४० रुपैयाँ पर्नेछ । जिरा मसिनो चामल प्रतिकेजी ६० बाट ५ छुट भई प्रतिकेजी ५५, बास्मति चामल प्रतिकेजी ९१ बाट ८१ रुपैयाँ, गोरखनाथ चामल ४८ बाट ३८, जापनीज चामल ८० रुपैयाँ ७५ पैसाबाट ७५ रुपैयाँ ७५ पैसा पर्न जानेछ ।

जुम्ली सिमी १३० बाट १२०, तिते फापर ८० बाट ७० पर्ने बताइएको छ । खसीबोका पछि निर्धारण हुने मूल्यबाट प्रतिकेजी १० रुपैयाँ छुट पर्ने बताइएको छ । सरकारले खसीबोकाको मूल्य निर्धारण गरिसकेको छैन । त्यस्तै नुन प्रतिकेजी २० बाट २ रुपैयाँ छुट भई १८ रुपैयाँ, घ्यू प्रतिलिटर ९ सयबाट ८५० रुपैयाँ, पनिर ६२० बाट प्रतिकेजी ६१० रुपैयाँमा घटाएर किन्न पाइनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस