फेसबुकमा समाचार सेयर गर्दा जागिर चट् !

काठमाडाैं । समाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ ।

जिल्ला अदालतले रायलाई फेसबुकमा संविधानविरोधी गतिविधि सेयर गरेकै कारण जागिरबाट हटाएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ । संविधान विरोधी समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका कारण करारमा कार्यरत उनलाई हटाइएको अदालतले जनाएको छ ।

‘न्यायालयमा उच्च मनोवलका साथ न्याय खोज्न आउँछन्, तर मलाई न्यायालयबाटै अन्याय भयो,’ आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले भनिन्, ‘न्यायालयले नै अन्याय गरेपछि म कहाँ जाउँ ?’ जिल्ला अदालत धनुषाका स्रेस्तेदार राधाकृष्ण झाले भने गुञ्जा राय करारकी कर्मचारी भएको र उनको काम सन्तोषजनक नभएकाले म्याद थप नगरिएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds