News desk

नरेन्द्र मोदीको पाँचौँ नेपाल भ्रमण मंसिर दोस्रो साता

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसीरको दोस्रो साता पुन नेपाल भ्रमणमा आउने भएका छन् । पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ । भारतीय न्युज एजेन्सी एएनआईअनुसार मोदी यसपटकको गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेका हुन् । १२-१३ मंसीरमा मोदीले नेपाल भ्रमण गर्ने तयारी गरेको दुतावास स्रोतलाई उद्धृत गर्दै सो समाचार एजेन्सीले जनाएको छ । मोदीको …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने

काठमाडाैं । एभरेष्ट बैंक तथा स्टार हस्पिटलबीच सेवा प्रयोग गर्दा बैंकका डेविड तथा क्रेडिट कार्ड होल्लाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ। कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्सरे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ सेवामा छुट पाउने छन्। सम्झौतामा बैकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालन अधिकुत सन्देश जीसीले हस्ताक्षर गरे। बैंकका हाल ९ लाख ५० हजार बढी ग्राहक, ८२ शाखा, …

पुरा पढ्नुहॊस »

सिभिल बैंकका कर्मचारीले गरे जेष्ठ नागरिकलाई सहयोग

काठमाडाैं । सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरूले जेष्ठ नागरिकको जीवनयापनमा सहजता आओस् भनेर खाद्यान्न सहयोग गरेका छन् । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित वृद्ध सेवा समितिमा पुगेर उनीहरूले दैनिक उपभोग्य वस्तुहरू हस्तान्तरण गरेका हुन् । सिभिल बैंक तुलसीपुर शाखाका अपरेशन इञ्चार्ज यज्ञराज विनाडीले कर्मचारीहरूले आपसमा रकम संकलन गरी जेष्ठ नागरिकलाई उक्त सहयोग प्रदान गरेको जानकारी दिए । बैंकका प्युठानस्थित विजुवार शाखाका प्रमुख नवीन डाँगी, सल्यान शाखाका नवीन कडायतले व्यक्तिगत …

पुरा पढ्नुहॊस »

माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति चुनावमा आफ्नो जित भएको दाबी गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले पनि वर्तमान राष्ट्रपति अब्दुला यामिनमाथि विपक्षी नेता सोलिहले धेरै मतान्तर बनाएको जनाएका छन् । माल्दिभ्स इन्डिपेन्डेन्ट वेबसाइटका अनुसार कूल ४७२ मतपेटिकामध्ये ४३७ मतपेटिकाको मत गणना हुँदा विपक्षी नेता सोलिह धेरै मतले अगाडि रहेको जनाएको छ । तर त्यहाँको निर्वाचन आयोगले भने अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । सुरुआती नतिजा आउन थालेपछि …

पुरा पढ्नुहॊस »

रोनाल्डोको युभेन्टससँग फ्रोसिनोने २-० ले पराजित

काठमाडाैं । सिरि ए फुटबलमा इटालियन क्लब  युभेन्टसले फ्रोसिनोनेलाई २-० ले पराजित गरेको छ। आइतबार राति भएको खेलमा नतिजा आफ्नो पक्षमा पार्ने क्रममा सो दुई गोल युभेन्टसले खेलको ८१ औं  र अतिरिक्त समयको चौथो मिनेटमा गरेको थियो। उसका लागि पहिलो गोल रोनाल्डोले गरेका थिए भने दोश्रो गोल बर्नार्डेस्कीले गरेका थिए।  युभेन्टस र रोनाल्डोलाई फ्रोसिनोनेको पोस्टमा गोल गर्न निकै संघर्ष गर्नु परेको थियो । यो जीतसँगै लगातार पाँच खेल जितेको युभेन्टसको १५ …

पुरा पढ्नुहॊस »

असोज १२ गते बैंकलाई नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ । नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता पौडेलकाे …

पुरा पढ्नुहॊस »

स्वस्तिमाले खेल्ने भईन् ‘हजार जुनी सम्म’

काठमाडाैं । अहिलेकी मस्ट डिमान्डेड अभिनेत्री हुन् स्वस्तिमा खड्का । ‘कुटुमा कुटु’ गीतको लोकप्रियता र ‘छक्का पञ्जा २’ सुपरहिट भएपछि उनलाई फिल्ममा लिन चाहने निर्माता/निर्देशकको लामै लाइन छ । पाँचौ हप्तामा प्रदर्शनरत ‘नाईं नभन्नू ल ५’ हिट भएपछि त उनको डिमाण्ड झन बढी चुलिएको छ । अब, उनलाई लिएर भेट्रोन निर्देशक विकासराज आचार्यले फिल्म ‘हजार जुनी सम्म’ बनाउने भएका छन् । निर्देशक आचार्यका अनुसार, स्वस्तिमासँग केही दिनमा नै कागजी सम्झौता हुनेछ …

पुरा पढ्नुहॊस »

एसिया कप : अफगानिस्तानमाथि बंगलादेशकाे तीन रनको रोमाञ्चक जित

काठमाडाैं । एसिया कप क्रिकेटको दोस्रो सुपर फोरमा बंगलादेशले पहिलो जित निकालेको छ । पहिलो खेलमा भारतसँग पराजित भएको बंगलादेशले दोस्रो खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनल पुग्ने सम्भावना जिवितै राखेको हो । मंगलबारको खेलमा बंगलादेश र पाकिस्तान भिड्दैछन् । याे खेलमा विजयी हुने टिमले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारत र अफगानिस्तानबीचको खेलको नतिजाले फाइनल समिकरण भने केही परिवर्तन हुने छैन । अाइतबार रातिको खेलमा बंगलादेशले अफगानिस्तानमाथि ३ रनको …

पुरा पढ्नुहॊस »

नबिल बैंकबाट तत्कालै यात्रा स्वास्थ्य बिमा सेवा

काठमाडाैं । नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकलाई यात्रा स्वास्थ्य बिमा माग गर्नेबित्तिकै जारी गर्ने भएको छ । बैंकले आफ्ना काउन्टरहरूबाट भिसा इन्टरनेसनल प्रिपेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटहीजस्ता सेवाका लागि आउने ग्राहकले वैदेशिक यात्रा बिमा पनि उपलब्ध गराउने भएको हो । यो अवधारणालाई नबिल बैंकले सर्वप्रथम नेपाली बजारमा ल्याएको जनाएको छ । यो सेवाका लागि नबिल बैंकले प्रभु इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ ।  यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको …

पुरा पढ्नुहॊस »

के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडाैं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेला यो जिज्ञासा छ। नियामक निकाय प्राधिकरणले आइतबार दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक र नेटवर्क सेवा प्रदायकलाई पत्र लेखेर अश्लील सामग्री समावेश भएका वेभ साइट बन्द गर्न निर्देशन दिएको छ। इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले नेपाली समाजको मूल्य मान्यता तथा सामाजिक सद्भावमा खलल …

पुरा पढ्नुहॊस »