प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद बैठक बस्दै

काठमाडौँ । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । परिषदका सदस्यको ब्यस्तताका कारण स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो । बैठक आज साँझ ५ बजे बस्ने बताइएको छ ।

यसअघि यही मंसिर १७ गते बैठक बसे पनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो । आज विहान ११ बजेका लागि बैठक तयगरिएपनि नेताहरुको व्यस्ताताका कारण साँझ सारिएको हो ।

प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउने र नयाँ प्रधानन्यायाधीश एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार यसअघि मंसिर १७ गते बैठक डाकिएको थियो । न्यायपरिषद्ले यसअिघ नै प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र सम्शेर जबराको नाम सिफारिस गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस