सोह्रश्राद्ध सुरु, पक्षभर गरिँदैछ पितृको सम्झना

काठमाडौ‌ं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा पितृहरूको सम्झना गर्ने पर्वका रूपमा मनाउँछन् । पर्वमा मनाइने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।

यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ । यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ ।

पञ्चांग निर्णायक समितिबाट स्वीकृतिप्राप्त पात्रोहरूमा मंगलबार पूर्णिमा तिथि उल्लेख छ । तर पनि प्रतिपदा तिथि अाजै लाग्ने कारण प्रतिपदा श्राद्ध गरिँदैछ। वैदिक पात्रोमा भने अाज पूरै प्रतिपदा उल्लेख छ । यो पक्षमा गरिने श्राद्ध अपराह्नमा गर्नुपर्ने विधान छ । मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई सम्झिइन्छ ।

आमाबाबु नहुने यो पक्षभरि नियममा बस्ने र एक तिथिमा श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन  ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ । सोह्रश्राद्ध लागेसँगै काठमाडौंको वागमती, चितवनको देवघाट, नुवाकोटको वेत्रावतीलगायत नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लाग्छ ।

आमाबाबु बाँचुञ्जेल श्रद्धापूर्वक उनीहरूको हेरविचार, पालनपोषण गर्नु सन्तानको कर्तव्य भएको सनातन शास्त्रमा बताइएको छ । यस्तै दिवंगत भएपछि पनि शास्त्रको विधानअनुसार अन्त्येष्टि क्रिया श्राद्ध आदि कर्म गर्नुपर्ने सनातन धर्मको मान्यता छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नाबालिकालाई यौन कार्यमा लगाउने दुई महिला पक्राउ

काठमाडौं । आर्थिक लाभ लिएर नाबालिकालाई यौन कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ परेका छन् …

प्रतिकृया दिनुहॊस