दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडाैं । दशैँमा उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । नयाँ बसपार्क, पुनारो बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन् ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ५ गतेदेखि नै अग्रिम बुकिङ गर्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै समिति र कम्पनीहरुले बुकिङ गरेका थिएनन् । व्यवसायी र सरकारबीच दश प्रतिशत भाडा बढाउने सहमति भए अनुसार अाजदेखि बुकिङ खुला भएको हो ।

सरकारले शनिबार सार्वजनिक सवारीको भाडा १० प्रतिशतले बढाएसँगै व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस