News desk

१ लाख रुपैयाँ घुससहित आमा–छोरी पक्राउ

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत एकजना सहायक रजिष्ट्रार १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कम्पनीको रुपमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर छुट गराइदिने भन्दै १ लाख रुपैयाँ लिएको अवस्थामा सहायक रजिष्ट्रार गीता कुमार पन्थी पक्राउ परेकी हुन् । घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पन्थीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । घुस लिएको रकम पन्थीले आफ्नी छोरी पोषण …

पुरा पढ्नुहॊस »

कालीगण्डकीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

चितवन । देवघाटस्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नवलपुरका २७ वर्षीय अमित भनिने चित्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ। उनी देवघाट–५ गैंडाकोट, तनहुँस्थित कालीगण्डकी नदीमा  मंगलबार बिहान साढे ९ बजे पौडी खेल्ने क्रममा  बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता युवकको सशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखेको घट्नास्थलमा रहेका प्रहरी नायब निरीक्षक कविन्द्र गुरुङले जानकारी दिए। उनले साथीलाई मोबाइल र कपडा न दी किनामा राखेर पौडी …

पुरा पढ्नुहॊस »

नेपालको मोबाइल इन्टरनेट दक्षिण एसियाकै महंगो

काठमाडौं । मोबाइल ब्रोडब्यान्ड शुल्कका आधारमा नेपाल दक्षिण एसियाकै दोस्रो महंगो मुलुक देखिएको छ । नेपालभन्दा अगाडि अफगानिस्तान मात्र छ । यो क्षेत्रमा श्रीलंका सबैभन्दा सस्तो मुलुक हो । मासिक ५ सय एमबीलाई आधार मानेर आईटीयूले प्रकाशित गरेको ‘मेजरिङ त इन्फर्मेसन सोसाइटी रिपोर्ट २०१८’ अनुसार प्रतिव्यक्ति औसत राष्ट्रिय आय (जीएनआईपीसी) को ४.०७ प्रतिशत शुल्क तिर्ने नेपालीले मोबाइलमा इन्टरनेट चलाएबापत मासिक ७.६४ डलर खर्च गर्छन् । महंगो इन्टरनेटको सूचीमा १३४ औं स्थानमा …

पुरा पढ्नुहॊस »

मेलिना राई आवाजमा ‘हाँसो लुटेउ’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । मेलिना राईको आवाजमा ‘हाँसो लुटेउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मेलिनाको एकल स्वर रहेको गीतमा टिएस राईको शब्दमा तथा डीआर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ। प्रेममा हुने अस्फलताले प्रेमिप्रेमिकामा उब्जने भावलाई गीतको भिडियोमा देखाउने काम गरिएको छ। गीतको भिडियोमा खिनु आम्वुहाङ , हिलिहाङ आदम्बे र एलिसा राईको अभिनय रहेको छ। झापाको पर्यटकीय स्थान सालबारी आसपासमा छायाँकन गरिएको गीतको भिडियोको निर्देशन ज्ञानेन्द्र कोइरालाले …

पुरा पढ्नुहॊस »

आँगनमा लडेर भक्तपुरमा एकको मृत्यु

काठमाडाैँ । भक्तपुरमा आँगनमा लडेर एक जना बृद्धाको मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भइ हाल भक्तपुरको सुर्यविनायक नगरपालिका ६, दार्जिलिङ हाइट बस्ने ७० वर्षीया शुशीला श्रेष्ठको आफ्नै आँगनमा लडेर सोमबार मृत्यु भएको हो। आँगनमा लडेर घाइते बनेकी श्रेष्ठलाई नागरिक अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

पुरा पढ्नुहॊस »

चक्कुप्रहारमा परेका पोल्यान्डका नगरप्रमुखको मृत्यु

काठमाडौं । पोल्यान्डको ग्डान्स्क शहरका नगरप्रमुखमाथि छुरा प्रहार भएको एक दिनपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । पावेल आडमोविजमाथि आइतवार एक परोपकारी कार्यक्रममा छुरा प्रहार गरिएको थियो । गम्भीर चोटपटक लागेपछि अस्पताल भर्ना गरिएका आडमोविजमाथि पाँच घण्टा शल्यक्रिया भएको थियो । आपराधिक रेकर्ड भएका एक व्यक्तिलाई यो आक्रमणको आरोपमा पक्राउ गरिएको छ । उनले मिडिया पास प्रयोग गरेर मञ्चमा पुगेको प्रहरीले आशंका गरेको छ । पोल्यान्डका स्वास्थ्यमन्त्री लुकास स्जुमोस्कीले सोमवार आडमोविजको …

पुरा पढ्नुहॊस »

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, जिल्ला अस्पतालमा आईसीयू नहुँदा समस्या

इलाम । अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अनसनको सातौँ दिन हुँदा स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले आईसीयूमा राख्नुपर्ने भएको उपचारमा सलग्न डाक्टरहरुले बताएका छन् । तर अस्पतालमा आईसीयू नहुँदा झनै समस्या भएको छ । डाक्टरहरुले अस्पतालमा आईसीयू नभएकाले तत्काल अरु नै अस्पतालमा रेफर गर्नुपर्ने बताएका हुन् । डाक्टर विजेन्द्रकुमार साहका अनुसार डा.केसीको मुटुको गति ३० बाट बढेर २ सय ४० सम्म पुगेको छ । …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआइमा सञ्चालक परिवर्तन, संचय कोषको प्रतिनिधित्व गौतमले गर्ने

काठमाडौँ । नेपाल एसबिआइ बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । सो बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट दीपक रौनियारको स्थानमा अर्जुनकुमार गौतमलाई मनोनित गरी पठाएको जनाइएको छ । साथै, बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गौतमलाई सञ्चालकका रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकको नयाँ शाखा बझाङको खप्तडछान्ना गाँउपालिकामा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा नयाँ शाखाको सुरुवात गरेको छ । आइतबारबाट सञ्चालनमा आएको उक्त शाखाको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले उद्घाटन गरे । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्ने जनाएको छ ।

पुरा पढ्नुहॊस »

सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । पुस २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी श्रेष्ठ सहित निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चय कोष सञ्चालक समिति सदस्य निर्वाचित भएको थियो । साथै, पुस २९ गते ज्येष्ठ सञ्चालक राजेन्द्रप्रसाद पोखरेलको संयोजकत्वमा बसेको बैठकले राजेन्द्रकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव पुष्कर जिसीले जनाएका छन् ।

पुरा पढ्नुहॊस »
This will auto close after