डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, जिल्ला अस्पतालमा आईसीयू नहुँदा समस्या

इलाम । अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अनसनको सातौँ दिन हुँदा स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले आईसीयूमा राख्नुपर्ने भएको उपचारमा सलग्न डाक्टरहरुले बताएका छन् ।

तर अस्पतालमा आईसीयू नहुँदा झनै समस्या भएको छ । डाक्टरहरुले अस्पतालमा आईसीयू नभएकाले तत्काल अरु नै अस्पतालमा रेफर गर्नुपर्ने बताएका हुन् । डाक्टर विजेन्द्रकुमार साहका अनुसार डा.केसीको मुटुको गति ३० बाट बढेर २ सय ४० सम्म पुगेको छ । डाक्टर केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण हुनुका साथै रोगसँग लड्ने क्षमता दिनहुँ कम भइरहेको पनि डाक्टर साहले जानकारी दिए ।

मुटुको गति अनियमित भएर स्वास्थ्यमा समस्या भएपछि डाक्टर केसीलाई अनसनस्थल फूलगाछीबाट सोमबार बिहान ९ बजे जिल्ला अस्पताल इलाममा सारिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस