आँगनमा लडेर भक्तपुरमा एकको मृत्यु

काठमाडाैँ । भक्तपुरमा आँगनमा लडेर एक जना बृद्धाको मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भइ हाल भक्तपुरको सुर्यविनायक नगरपालिका ६, दार्जिलिङ हाइट बस्ने ७० वर्षीया शुशीला श्रेष्ठको आफ्नै आँगनमा लडेर सोमबार मृत्यु भएको हो।

आँगनमा लडेर घाइते बनेकी श्रेष्ठलाई नागरिक अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री