News desk

मर्जरमा जाने निर्णय गरेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ७.४२ लाभांश पारित

काठमाडाैँ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ७.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको नवौं वार्षिक साधारणसभाले गत आर्थिक बर्षको खुद मुनाफा सेयरधनीलार्ई कायम चूक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र ६.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, मर्जर तथा प्राप्तीमा जान संचालक समितिलाई अधिकार दिएको छ । जिवन तथा निर्जिवन बिमा कम्पनीको संस्थागत अभिकर्ता भई कार्य गर्ने प्रस्ताव समेत साधारणसभाले पारित गरेको …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंककाे ऋणपत्र निष्कासन, १० प्रतिशत ब्याज दिने

काठमाण्डाै । एनआईसी एसिया बैंक लिमिटेडले बिहीबार ‘एनआईसी एसिया डिबेन्चर २०८५-८६’ बिक्रीको लागि सार्वजानिक आह्वान गरेको छ । १० प्रतिशत वार्षिक ब्याजदर दिने गरी १ हजार रुपैयाँ प्रतिकित्ताको दरले ४० लाख कित्ता रहेको ४ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्रको ब्याज ६ ६ महिनामा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ । ४ अर्बको ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैपाँ बराबर व्यक्तिगत तवरमार्फत निष्कासन गरिएको …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंकका ग्राहकलाई ब्लू क्रस अस्पतालमा आकर्षक छुट

काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र ब्लू क्रस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र ब्लू क्रस अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ब्लू क्रस अस्पतालले कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए …

पुरा पढ्नुहॊस »

सिद्धार्थ इन्स्योरेन्सद्वारा तीन नयाँ बीमा सेवा थप

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतन लाल केडियाद्वारा संयुक्त रुपमा यी बीमा सेवाहरुको शुभारम्भ भयो । सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमालेख हो । बीमालेखले बीमितको साथै नीजको पतिको समेत दुर्घटना बीमा जोखिम बहन गरेको  छ । यसको साथसाथै  बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत …

पुरा पढ्नुहॊस »

जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने

काठमाडौं । जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि एक संझौतामा हस्ताक्षर भएको छ । जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने भएको हो । संझौता अनुसार नेपाल भलिबल संघल एन.भी.ए. अवार्ड सेरेमोनी मा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार २ लाख (प्रति टिम १ लाख) जनता बैंकले प्रायोजन गर्नेछ । साथै …

पुरा पढ्नुहॊस »

सुनकाण्डको मुद्दासँग जोडिएका पाँच न्यायाधीश कारवाहीमा !

काठमाडौं । प्रप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका छन् । उच्च अदालत विराटनगरका यी न्यायाधीशले शुक्रबारदेखि न्याय सम्पादनको काम गर्न पाउने छैनन् । उनीहरुलाई न्याय परिषदमा हाजिर गराइएको छ । सुन तस्करीको मुद्दासँग जोडिएका उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरवहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई परिषदमा तानिएको हो । -अन्नपूर्ण पोस्ट दैनिकबाट  

पुरा पढ्नुहॊस »

लेभान्तेलाई हराउँदै बार्सिलोना क्वार्टरफाईनलमा

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । दोस्रो लेगको खेलमा लेभान्तेलाई ३–० ले पराजित गर्दै बार्सिलोना समग्रमा ४–२ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो । अघिल्लो चरण प्रवेश गर्न बार्सिलोनालाई जित्नैपर्ने दबाब थियो । लेभान्तेले घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोनालाई २–१ ले पराजित गरेको थियो । बार्सिलोनाको जितमा उसमान डेम्बेलेले २ तथा लियोनल मेस्सीले एक गोल गरे । खेलको …

पुरा पढ्नुहॊस »

७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर खुल्यो, कुन प्रदेशमा कति आवश्यकता ?

काठमाडौं । सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि आवेदन खुलाइएको हो। शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यलयको वेवसाइटबाट आवेदन दिन सक्ने व्यवस्था मन्त्रालयले गरेको छ। २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्तिका लागि खुलाइएको आवेदनमा कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको व्यक्ति खोजिएको छ। सबैभन्दा बढी एक नम्बर प्रदेशमा १३७ जना रहेका छन्। …

पुरा पढ्नुहॊस »

पाहुना बस्न आएका २० वर्षीय भारतीय युवकको सुतेकै अवस्थामा मृत्यु

काठमाडौँ । काठमाडौँ नागर्जुनमा पाहुना बस्न आएका भारतीय नागरिकको सुतेकै अवस्थामा मृत्यु भएको छ । काठमाडौँको नागर्जुन नगरपालिका–९ स्युचाटार डेरा गरी बस्ने भारतका नित्यानन्द सेठ्ठीको कोठामा पाहुना आएका २० वर्षीय प्रदीपकुमार मल्लिक मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । राति खाना खाई सुतेका उनी बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

डा. केसीलाई इलामबाट काठमाडौं ल्याइयाे, शिक्षण अस्पतालको आइसियूमा उपचार हुँदै

काठमाण्डौ । १६ औं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उनलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो । मुटुको चाल अस्थिर भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने डाक्टरको चेतावनीपछि उनलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको उहाँका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी …

पुरा पढ्नुहॊस »
This will auto close after