श्रमिकका लागि पेन्सनसहितको सामाजिक सुरक्षा कार्यक्रम घोषणा

काठमाडाैं । नेपालमा पहिलोपटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजनाको सुरुवात हुने भएको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट योजनाको सुरुवात गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । योजनाको शुभारम्भ कार्यक्रम  विहान ११ः३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ ।

योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको सुरुवात गर्नुका साथै दिगो व्यवसायिक वातावरणमा श्रम सम्वन्धको निर्माण गर्ने  मन्त्रालयको भनाइ छ । सामाजिक सुरक्षा योजनामा औषधिउपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवारको सुरक्षा र वृद्धावस्थाको सुरक्षा समेटिएको मन्त्रालयबाट जारी बिज्ञप्तीमा उल्लेख छ ।

सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी उक्त रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी ३१ प्रतिशतबराबर कोषमा जम्मा गर्नुपर्ने छ । ६ महिना योगदान गर्ने श्रमिकले अर्को ६ महिनासम्म चिकित्सकको परामर्श सेवा, अस्पताल भर्नाबापतको शुल्क, निदान तथा परिक्षण सेवा बापतको खर्च औषधि बिलबमोजिमको खर्च, घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका बिरामीको डाक्टर घर जाँदा-आउँदाको खर्च पाउने सुविधा छ ।

दुर्घटना भई आवश्यक भएकोमा बाहेक प्लास्टिक सर्जरी तथा दाँतको उपचार खर्च वारियर्टिक सर्जरी (वोसो निकाल्ने) बापतको खर्च, महामारी भई कोषले स्वास्थ्य सुविधा निलम्बन गरेको अवस्थामा भने सुविधा पाउने छैन । अस्पताल भर्ना भई उपचार गराउँदा वर्षमा एक लाखसम्म, घरमै बसी उपचार गराउँदा वर्षमा २५ हजार रुपैयाँसम्म सुविधा पाउनेछ । कुल दाबीको २० प्रतिशत मात्रै श्रमिकले तिर्नुपर्छ । बिरामी बिदामा बस्दा १२ दिन बिरामी बिदाबापत पुरै पारिश्रमिक रोजगारदाताबाट पाउने, त्यो भन्दा बढी बिरामी बिदामा बस्नु पर्दा १३ हप्तासम्मका लागि आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउने सुविधा छ ।

मातृत्व सुरक्षा योजनाअन्तर्गत पछिल्लो १८ महिनामा १२ योगदान गरेका गर्भवती श्रमिकले गर्भ अवस्थाको नियमित परीक्षण, अस्पताल भर्ना तथा शल्यक्रिया र नवजात शिशुको उपचारबापतको औषधि उपचारबापतको खर्च, प्रसूति स्याहारका लागि प्रतिमहिना न्युनतम पारिश्रमिकबरावर रकम, सुत्केरीका श्रीमान्‌ले पनि महिना दिनको न्युनतम पारिश्रमिक पाउनेछ । यस्तै प्रसूति बिदा अवधि ९८ दिनमध्ये ६० दिनको रोजगारदाताले दिने र सो बाहेक ३८ दिनको लागि खाईपाई आएको पारिश्रमिकको ६० प्रतिशत रकम पाउनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस