News desk

रोल्पामा २१ वर्षका युवकले आफैमाथि गोली चलाए, घटनास्थलमै मृत्यु

रोल्पा । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएका बेला बुढाले आत्महत्या गरेको बताइएको छ । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शव परीक्षणपछि आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक लेखनाथ चापागाँईले …

पुरा पढ्नुहॊस »

नेपाल पुर्वाधार बैंकले पायो सञ्चालन स्वीकृति

काठमाडाैँ । २० अर्ब रुपैयाँ चुक्ता पूँजीसहित स्थापना हुन लागेको नेपाल पुर्वाधार बैंक लिमिटेडले बिहीबार सञ्चालन स्वीकृति पाएको छ । नेपाल सरकारको दश प्रतिशत सेयर  र निजी क्षेत्रको ९० प्रतिशत लगानीमा स्थापित पूवाधार विकास बैंकले अन्तिम स्वीकृति पाएपछि सञ्चालनमा आउने पक्का भएको हो । बैंकले अर्को महिना सम्ममा सञ्चालनमा आउने तयारी गरेको छ । यसअघि बैंकले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक स्वीकृति पाएको थियो । दुई साताअघि राष्ट्र बैंकको …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीबीच बीमा सेवा सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीको नयाँ योजना चुकल डट कमसँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका सहायक महा प्रबन्धक महेशराज खरेल र लिचि टेक्नोलोजीका अध्यक्ष शिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा लिचि टेक्नोलोजीका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा अन्तर्गत सामूहिक दुर्घटना बीमा तथा सेंधमारी तथा नकवजनी बीमा सम्बन्धि सुविधा लिचि टेक्नोलोजीका सबै ग्राहकहरुले प्राप्त गर्न सक्ने अजोड …

पुरा पढ्नुहॊस »

कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ  ०३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ६३ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ९२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ १२  पैसा  र बिक्रिदर १४७ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० …

पुरा पढ्नुहॊस »

अमेरिकी सहयोग सामाग्री बोकेका लरीलाई भेनेजुएला प्रवेशमा रोक

भेनेजुएला । अमेरिकाले भेनेजुएलालाई उपलब्ध गराएको मानवीयता सहायता बोकेका लरीहरु कोलम्बियाको सीमासम्म पुगेका छन् । अमेरिकाले उपलब्ध गराएको खाद्यान्न र औषधि बोकेका लरीहरु कोलम्बिया सुरक्षाकर्मीले स्कर्टिङ गरेर सीमा क्षेत्रमा पु¥याएका हुन् । भेनेजुएलाका अधिकारीहरुले अमेरिकाले पठाएको मानवीय सहायता अस्वीकार गर्दै ती लरीलाई सीमा क्षेत्रमै रोकिदिएका छन् । अमेरिकी सहायता सामाग्री बोकेका लरी प्रवेश गर्न नसकून् भन्ने उद्देश्यले मुख्य मार्गमा सेनाले कन्टेनर राखेर सडक अवरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । …

पुरा पढ्नुहॊस »

देशका सबै प्रदेशमा नेपाल बैकका प्रादेशिक कार्यालयहरु स्थापना

काठमाडौं । नेपाल बैक लिमिटेडले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । यस क्रममा बैकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं, प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर  ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि संचालनमा ल्याएको छ । यसैगरि प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा प्रादेशिक कार्यालय स्थापनाको तयारी …

पुरा पढ्नुहॊस »

मौसम पूर्वानुमान महाशाखा : आइतबारबाट मौसममा सुधार आउने

काठमाडौँ, माघ २५ गते । काठमाडौँ उपत्यकासहित मुलुकभर बदली भई बिहीबार बिहानबाट वर्षा भएको छ । आइतबारबाट मौसममा सुधार आउने जनाइएको छ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, “आइतबारबाट देशको पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा सामान्यतः सफा रहने सम्भावना छ ।” पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले मौसम बदली भई बिहीबारबाट मुलुकभरि वर्षा र हिमाली भेगमा हिमपात भएको हो …

पुरा पढ्नुहॊस »

नेपाल–भारत वाणिज्य बैठक आजदेखि पोखरामा सुरु

काठमाडौँ । नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनसम्बन्धी दोस्रो सहसचिवस्तरीय बैठक आजदेखि पोखरामा सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ । पहिलो बैठक भारतको दिल्लीमा गत साउनमा भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकको नेतृत्व मन्त्रालयका तर्फबाट सहसचिव रवि शंकर सैंजूले गरेका छन् । सहसचिव सैंजूका अनुसार पोखरामा सुरु भएको दोस्रो चरणको बैठकमा मुख्य गरी गैरकर हटाउने विषयमा छलफल हुनेछ । भारतले नेपाली उत्पादनलाई शून्य भन्सारमा …

पुरा पढ्नुहॊस »

ग्यास्ट्रिकबाट बच्ने सात उपाय

काठमाडाैँ ।  तल दिएका सात उपाय अपनाउँदा ग्यास्ट्रिकबाट बच्न सकिन्छ । लगातार पानी पिउनुपर्दछ, जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । तर, कोल्डड्रिंक्स पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ । ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ । धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न । बढी पिरो, अमिलो, बट्टाको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ । बिहान …

पुरा पढ्नुहॊस »

जनताबैंकको नाफा २५ करोडले बढेर ५३ करोड पुग्यो

काठमाडाैँ । ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ५३ करोड ४ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २५ कारोड ८६ लाख ७८ हजार रुपैयाँले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा २७ करोड १७ लाख ३९ हजार रुपैयाँ  रहेको थियोे । आम्दानी तथा खर्च बैंकले …

पुरा पढ्नुहॊस »