News desk

कांग्रेसले बोलायो कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे सङ्घीय संसद् भवनमा बोलाइएको जानकारी दिए । बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए । उनकाअनुसार बैठकमा संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा …

पुरा पढ्नुहॊस »

रुसमा हुने मानव तस्करी रोक्न एनआरएनएद्वारा श्रममन्त्री भण्डारीको ध्यानाकर्षण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रम पनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । संघले बिगतदेखि रसियामा काम गर्दै आएका …

पुरा पढ्नुहॊस »

काठमाडौंबाट पश्चिम जाँदै गरेको बस र टिपर जुध्दा १७ जना घाइते (नाम/ठेगानासहित)

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति करिब पौने १० बजे सुनवल-४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरूमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ …

पुरा पढ्नुहॊस »

यती एयरलाइन्सले एकसाथ थप्यो दुई एटीआर जहाज

काठमाडाैं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तारको क्रममा एकसाथ दुईवटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरीद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ । खरीद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३१ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

आइतबारदेखि नयाँ मौसमी प्रणाली भित्रँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु कुहिरो लागेको छ । शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था रहने छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

भृकुटीमण्डपमा माघ २५ देखि ‘क्यान इन्फोटेक २०२४’ हुँदै

काठमाडौँ । आउँदो माघ २३ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक २०२४ सञ्चालन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा मेला गर्न लागिएको बताइएको छ …

पुरा पढ्नुहॊस »

प्रदेश र स्थानीय तहमा आफू अनुकूलका नियुक्ति रोक्न सर्कुलर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र स्थानीय तहमा अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न सर्कुलर जारी गरेको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तह र प्रदेशमा सर्कुलर जारी गरेको हो । प्रदेश तथा स्थानीय तहहरूमा कार्य सम्पादनका लागि भन्दै आवश्यक नभएका र सरकारी स्रोत साधनको अपव्यय हुने गरी प्रेस सल्लाहकार, स्वकीय सचिव, कानुनी सल्लाहकार, प्राविधिक तथा …

पुरा पढ्नुहॊस »

अब माधव नेपाललाई प्रधानमन्त्री बनाऔँ : शशाङ्क कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आग्रह गरेका छन् । बिहीबार नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको पूर्वसहमतिअनुसार माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन् । ‘यो सरकारसँग कोही पनि खुसी छैनन् । यो भनेको अब प्रचण्ड नेतृत्वको सरकार असफल भयो भन्ने हो । त्यसैले कुनै ढिलो नगरी पूर्वसहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ’ उनले भने । …

पुरा पढ्नुहॊस »