रुसमा हुने मानव तस्करी रोक्न एनआरएनएद्वारा श्रममन्त्री भण्डारीको ध्यानाकर्षण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रम पनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । संघले बिगतदेखि रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उनीहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो ।

संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दूतावासलाई दिई मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ । नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा स्थायी रुपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरु संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै आएका नेपालीहरू छुट्टीमा नेपाल आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरुलाई रोक्ने, श्रम स्वीकृति नगर्ने जस्ता घटनाहरु भईरहेकोप्रति समेत संघले ध्यानाकर्षण गराएको छ ।

भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन । संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको सहभागिता थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस