प्रदेश र स्थानीय तहमा आफू अनुकूलका नियुक्ति रोक्न सर्कुलर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र स्थानीय तहमा अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न सर्कुलर जारी गरेको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तह र प्रदेशमा सर्कुलर जारी गरेको हो ।

प्रदेश तथा स्थानीय तहहरूमा कार्य सम्पादनका लागि भन्दै आवश्यक नभएका र सरकारी स्रोत साधनको अपव्यय हुने गरी प्रेस सल्लाहकार, स्वकीय सचिव, कानुनी सल्लाहकार, प्राविधिक तथा प्रशासनिक सल्लाहकारहरू नियुक्ति गर्दै आएका छन् ।

आयोगमा यस्तो गुनासो आएपछि उसले त्यस्ता नियुक्ति रोक्न सुझाव दिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयुर्वेदलाई अझ अगाडि बढाउन अनुसन्धानमा ध्यान दिनुपर्छ : डा. वसन्त पन्त (भिडियोसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले ‘औषधिजन्य जडीबुटी मेला’को आयोजना गरेको छ । शनिबार …

प्रतिकृया दिनुहॊस