News desk

भ्रष्टाचारका फाइल खोल्ने त आफ्ना मान्छे चोख्याउन पो रहेछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले फाइल किन खोल्दो रहेछ भन्ने उदाङ्गो भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र रहेछ भन्ने पुष्टि भएको बताएका हुन् । उनले अब फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गरे । ‘आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी …

पुरा पढ्नुहॊस »

ललितपुरमा कार दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । ललितपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका-३ पाङदुर गहिरा खोलास्थित सडकमा भएको दुर्घटनामा चालकको मृत्यु भएको हाे । काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा २ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ५९ वर्षीय राजिब सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

पुरा पढ्नुहॊस »

अब सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै लाइसेन्स !

काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइेसन्स)को व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलले यस्तो प्रस्ताव गरेको हो । यातायात सुधार सुझाव कार्यदलले सार्वजनिक सवारी र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्रको आवश्यकता रहेको भन्दै त्यस सम्बन्धी आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ ।

पुरा पढ्नुहॊस »

कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो साताबाट (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । २०८१ सालमा कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार १४ गतेदेखि सुरु हुने परीक्षा २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक …

पुरा पढ्नुहॊस »

तेस्रोपटक आज विश्वासको मत लिँदै मधेश मुख्यमन्त्री यादव

काठमाडाैं ।  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै सामेल भए पनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । जनमतले साथ छोडे पनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन । उनी जसपाबाट प्रदेश …

पुरा पढ्नुहॊस »

डुम्रेबाट आबुरखैरेनी आउँदै गरेको बोलेरो अनियन्त्रित भएर पल्टियो

काठमाडाैं । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । दुर्घटनामा परी अरू ६ जना घाइते छन् । डिएसपी खाँणका अनुसार …

पुरा पढ्नुहॊस »

संसद्‌मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

थाहा पाउनुहोस् तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ  । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी …

पुरा पढ्नुहॊस »