नागरिकता दुरूपयोग गरी बैंक खाता खोल्ने महिला पक्राउ

काठमाडौँ । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता, केन्द्रीय विद्यालयमा पढाउन मिलाइ दिन्छु भन्दै दुई लाख ठगी गरेको अभियोगमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका भङ्गाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै एक जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न बहाना बनाई ठगी गर्ने गरेकोसमेत खुल्न आएको छ ।

उनीउपर जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after