काठमाडौं । झापाको दमकमा शुक्रबार दिउँसो गोली चल्दा एक छात्रा घाइते भएकी छिन् । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उदयपुरकी एनिका अधिकारी घाइते भएकी हुन् ।
प्रहरीका अनुसार ती विद्यार्थीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




