कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडाैं । मुगुबाट सुर्खेतका लागि छुटेकाे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालिकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार जीपमा १० जना सवार थिए । उनले भने, ‘एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।’ घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस