मलाई नै राष्ट्रपति बनाउने सहमति भएको छैन : झलनाथ खनाल

काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् ।

इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन ।’

उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताए । ‘अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु ।’ उनले भने ।

खनालका अनुसार यो निर्वाचन उनको अन्तिम चुनावी लडाइँ हो । उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको बताउँदै उनले भने, ‘मसँग अनुभव छ, देश बनाउने योजना छ । त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु ।’ इलाम क्षेत्र नं १ मा सोचेजस्तो विकास हुन बाँकी रहेको खनालको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एउटा ट्रकले गर्दा २२ घण्टा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट-बुटवल सडक २२ घण्टापछि पूर्ण …

प्रतिकृया दिनुहॊस