News desk

२ हजार ५०० मेट्रिक टन चिनी बन्दरगाहमै थन्कियो

काठमाडाैं । दुई सातादेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा २ हजार ५ सय ४६ मेट्रिक टन चिनी थन्किएको छ । दशैं, तिहार, छठ लगायतका चाडबाडको मुखमै आयातित चिनी सुख्खा बन्दरगाहमा थन्किएको हो । संघीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लागु गरेपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको १३ करोड रुपैयाँको चिनी गोदाममा अलपत्र परेको छ । भारतबाट ल्याइएको चिनीको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपास प्रक्रिया नै अघि बढाएको छैन …

पुरा पढ्नुहॊस »

बाँकेमा ट्रक र माइक्रो ठोक्किँदा ६ को मृत्यु (अपडेट)

काठमाडाैं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्जतर्फ गइरहेकाे रा १ ख १६६२ माइक्रोभ्यान र पश्चिमबाट पूर्वतर्फ अाइरहेको ले १ ख ७७२९ नम्बरको ट्रक पूर्वपश्चिम हाइवेमा ठोकिदा ६ जनाको मृत्यु भएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले जानकारी दिनुभयाे । घटनामा घाइते १७ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । भूजेलका अनुसार घटनस्थलमा माइक्रो चालक …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकबाट सजिलै अष्ट्रेलियन डलरको पाइने

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ । अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको बैंकले जानकारी दिएको छ । प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको बैंकले जानकारी दिएको छ । बैंकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा आवश्यक पर्ने …

पुरा पढ्नुहॊस »

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई नेपाल क्यान्सर अस्पतालमा छुट

काठमाडाैं । नबिल बैंक र नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र बिच सम्झौता भएकोे छ । अब नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने भएका छन् । सम्झौता अनुसार नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका ग्राहकलाई रेडियोविज्ञान, प्रयोगशाला तथा बेड चार्जमा १० प्रतिशत छुटका साथै रेडिएसन थेरापी र ब्राच थेरोपीमा ५ प्रतिशत छुट प्रदान गर्नेछन् । …

पुरा पढ्नुहॊस »

बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु

काठमाडाैं । बाँकेमा माइक्रो बस र ट्रक जुध्दा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुध्दा दुर्घटनामा भएको हो । कोहलपुर-लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका ९ मा भएको सो दुर्घटनामा घटनामा ११ जना घाइते भएका छन् । तीमध्ये ३ जना गम्भीर छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा …

पुरा पढ्नुहॊस »

इन्टरपोलका चीन प्रमुख होङ्वेई बेपत्ता

काठमाडाैं । चीनका लागि अन्तर्राष्ट्रिय प्रहरी निकाय (इन्टरपोल) का प्रमुख मेङ होङ्वेई बेपत्ता भएका छन् । फ्रान्सस्थित इन्टरपोलको मुख्यालयबाट चीन गएपछि उनी बेपत्ता भएको बीबीसीले लेखेको छ । होङ्वेई बेपत्ता भएसँगै उनको खोजी शुरु भएको छ। उनलाई फ्रान्सको प्रहरीले खोजी तीव्र पारेको छ । इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । होङ्वेई फ्रान्सबाट भने नहराएको फ्रान्सको अनुसन्धान टोलीले बताएको समाचारमा उल्लेख …

पुरा पढ्नुहॊस »

शिव परियारको ‘आँशुको अर्थ -२’ रिलिज

काठमाडाैं । चर्चित गायक शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ’को दोश्रो भाग रिलिज भएको छ । ‘आँशुको अर्थ -२’ गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गत वर्ष सार्वजनिक भएको ‘आँशुको अर्थ’ सफल भएपछि सो गीतका गीतकार रवि अधिकारीले ‘आँशुको अर्थ -२: आँशु दिइ जाने’ लेखेका हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार अधिकारीले ‘आँशुको अर्थ १ को अपार सफलता पछि अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए …

पुरा पढ्नुहॊस »

डेढ महिनाभित्र बूढीगंगाको डिपिआर पूरा हुने

काठमाडाैं । अछाममा निर्माण हुने २० मेगावाटको बूढीगंगा जलविद्युतको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अबको डेढ महिनाभित्र पूरा हुने भएको छ । वर्षौंसम्म लक्षित काम नभएको भन्दै व्यापक आलोचना भएपछि समयमै काम सक्न दबाब दिइएको हो । सरकार (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय) अर्थात् मातहतको विद्युत विकास विभागले निर्माणको जिम्मेवारी लिएको आयोजनाको झन्डै ४ वर्षसम्म डिपिआर पूरा भएको छैन । तर, विभागले पछिल्लो समय आयोजना प्रमुख परिवर्तन गरेर कामलाई तीव्रता दिएको …

पुरा पढ्नुहॊस »

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने

काठमाडौं ।  साफ यू-१८ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । भुटानमा भइरहेको च्याम्पियनसिपमा नेपालले पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्र भुटानलाई ४-० ले पराजित गर्दै बंगलादेशले नेपालसँगको फाइनल भेट पक्का गरेको हो । नेपाल र बंगलादेशबीच यो दोस्रो खेल हुनेछ । समूह्य चरणमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो । अब फाइनलमा नेपाल सामु बंगलादेशलाई पराजित …

पुरा पढ्नुहॊस »

जग्गाको तिरो देउतालाई !

काठमाडाैं । बझाङको बड्डी ज्याबन जिल्लाकै धेरै मठमन्दिर भएको गाउँ। करिब ३० परिवारको बसोबास रहेको यहाँ विभिन्न देवीदेवताका १२ वटा मन्दिर छन् । महादेव यहाँका मानिसले पुज्ने सबैभन्दा ठूला देवता हुन् भने सुल्जन, बरम, मठालिंग, भवानी, खोलालो र पसरौलप्रति पनि स्थानीयको विशेष श्रद्धा छ। डोलारी, लटाबाघ, डाँडाबाघ, धौल्पुर, वनदेवीका मन्दिरको धार्मिक महत्त्व भारतसम्मै फैलिएको छ। यहाँका मानिस आफूलाई महादेवका करिया ठान्छन् । यो खबर आजको कान्तिपुर दैनिकमा बझाङबाट बसन्तप्रताप सिंहले लेखेका छन्। सबैको …

पुरा पढ्नुहॊस »
This will auto close after