News desk

खरेलको ‘यात्रा जिन्दगीको’ प्रकाशित

काठमाडौं । कविता र संस्मरणमा कलम चलाउँदै आएका स्रष्टा महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ प्रकाशित भएको छ । यो उनको दोस्रो कृति हो । यसअघि कवितासङ्ग्रह ‘मनको किरण’ प्रकाशित गरिसकेका खरेलको यो आत्मकथात्मक उपन्यास हो । उपन्यास शब्द संयोजन मासिकले प्रकाशित गरेको हो । को हुन् खरेल ? नाम – महेशराज खरेल आमा/बुवा – अयुद्धा खरेल, स्व.मार्कण्डे खरेल जन्मस्थान – ताप्लेजुङ, सिनाम हाल काेटेश्वर काठमाण्डाै श्रीमती – सराेजा आचार्य खरेल …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिम प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो । सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो । योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रूपैयाँ २३ पैसा र बिक्री दर १३९ रूपैयाँ ८६ पैसा रहेको …

पुरा पढ्नुहॊस »

क्रोएसियामाथि शानदार जितसहित अर्जेन्टिना फाइनलमा

काठमाडौं । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जितका साथ अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्दै जित पक्का गरेको थियो । पहिलो हाफमा क्रोएसियाले लगातार दबाब बनाएपनि त्यसलाई डरलाग्दो आक्रमणमा …

पुरा पढ्नुहॊस »

आम निर्वाचन २०७९ : आयोगले आज अन्तिम नतिजा घोषणा गर्ने

काठमाडौं । निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको …

पुरा पढ्नुहॊस »

काभ्रे बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २१ घाइते [अपडेट]

काठमाडाैँ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको संख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बनेपा नगरपालिका-११ बाट ब्रतबन्धका लागि बेथानचोक …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्पmत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्टलगायत फिचरहरूको उपयोग गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो सेवा आउँदो पुस २० गतेदेखि लागु हुनेछ । सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस भोलाबहादुर विष्ट र नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिबमोजिम ग्राहकको …

पुरा पढ्नुहॊस »

विवादै-विवादबीच सर्वाेच्च नफर्की बिदा भए चोलेन्द्र

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् । एक वर्षयता विवाद र महाअभियोगको सामना गरेका जबरा ६५ वर्षे उमेरहदका कारण मंगलबारबाट सेवानिवृत्त भएका हुन् । ‘६५ वर्षे उमेरहदका कारण उहाँ (जबरा) मंगलबारबाट अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । २८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । उनले १८ …

पुरा पढ्नुहॊस »

जग्गा विवादमा भाउजूको हत्या आरोपमा देवर पक्राउ

काठमाडाैं । सर्लाहीमा जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरी भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ भेल्हीकी ७० वर्षीया सागर देवीको हत्या आरोपमा उनकै देवर ६५ वर्षीय पुकार रायलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । जग्गा विवादमा आरोपित रायसहित उनका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनिता देवी राय समेत मिलेर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय …

पुरा पढ्नुहॊस »

पुनः मतदानको माग गर्दै झलनाथद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न खनालको तर्फबाट रिट दायर भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । पौडलका अनुसार रिट संवैधानिक इजलासमा दायर भएको छ । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च …

पुरा पढ्नुहॊस »