‘रेडिमिक्स’ ले ठक्कर दिंदा पत्रकार कँडेलको मृत्यु

काठमाडौँ । रुपन्देहीका पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल)को मोटरसाइकल दुर्घटना परी मृत्यु भएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले ठक्कर दिँदा मोटरसाइकल चालक सवार कँडेलको मृत्यु भएको हो ।

रुपन्देही सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कँडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा कार्यरत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस