News desk

जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने

काठमाडौँ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत् लिन लागेको हो । यसअघि कूल ४४ मेगावाट लिँदै आएकामा अब थप चार मेगावाट लिने जनाइएको छ । प्राधिकरणले परवानीपुर १३२ केभी सवस्टेशनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् …

पुरा पढ्नुहॊस »

उदयपुर-१ मा नारायण खड्काको अग्रता, एमालेकी मञ्जुकुमारी १,८२५ मतले पछि

काठमाडौं । उदयपुर–१ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता बढाएका छन् । आइतबार बिहान ६:५० बजेको मत परिणामअनुसार खड्काले २७ हजार ४८४ मत पाएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी मञ्जुकुमारी चौधरी २५ हजार ६५९ मत पाएकी छन् । खड्का १,८२५ मतले अगाडि छन् ।

पुरा पढ्नुहॊस »

सुनसरी-३ : भगवती उछिन्न सकेनन् विजयकुमार, कति छ मतान्तर ?

काठमाडाैँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा एमालेकी भगवती चौधरीले अग्रता कामयै राखेकी छन् । उनी नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा चारहजार ८५१ मतले अगाडि छिन् । पछिल्लो विवरणअनुसार चौधरीले २१ हजार ८११ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गच्छदारले १६ हजार ९६० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पाँच हजार ८४० मत पाएका छन् ।

पुरा पढ्नुहॊस »

माओवादीका उपमहासचिव पोखरेल हराउँदै महोत्तरी-१ मा एमाले विजयी

काठमाडाैँ । महोत्तरी–१ बाट नेकपा एमालेका लक्ष्मी महत्तो विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गरेका हुन् । पोखरेल १५ वर्षदेखिको लगातार विजयलाई यस पटक महत्तोले ‘ब्रेक’ लगाई दिएका छन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मतमा रोकिए । पोखरेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए । उनी ०६४, ०७० …

पुरा पढ्नुहॊस »

रामेछापमा कांग्रेसका ‘कान्छाराम’ भारी मतान्तरले विजयी

काठमाडौँ । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । उनी ४७ हजार ९८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिपस्पर्धी एमालेका कैलाश ढुंगेलले ३० हजार ७२९ मत ल्याए । ढुंगेल १६ हजार ३६९ मतान्तरले पराजित भएका हुन् ।

पुरा पढ्नुहॊस »

यी हुन् १५४ क्षेत्रबाट निर्वाचित सांसद, बाँकीमा कहाँ कसको अग्रता ? (सूचीसहित)

काठमाडाैँ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले सबभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४० स्थानमा जित हात पारेको छ । माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन् । …

पुरा पढ्नुहॊस »

इलाम-२ बाट सुवास नेम्वाङ ११४ मतान्तरले विजयी

काठमाडाैँ । इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवास चन्द्र नेम्वाङ्ग निर्वाचित भएका छन् । नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसअघि स्थगित भएको मतगणना शनिबार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।

पुरा पढ्नुहॊस »

रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहोरा विजयी

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राप्रपाका दिपक बोहोरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका हुन् । बोहोराले ३६ हजार ६४८ मतसहित विजयी भएका छन् । गृहमन्त्रीलाई पराजित गराउन बोहोराले खाँणभन्दा २ हजार ६४२ मत बढी ल्याए । खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

पुरा पढ्नुहॊस »

आयोजक कतार समूह चरणबाटै बाहिरियो

काठमाडौँ । विश्वकप फुटबलको आयोजक कतार समुह चरणबाट नै बाहिरिएको छ । समुह चरणमा आफ्ना लगातार दुई खेल हारेको कतार अब अन्तिम खेल खेल्न बाँकी हुदै समुह चरणबाट नै बाहिरिएको हो । यस समुहमा रहेका नेदरल्याण्डस र इक्वेडरले शुक्रबार रातिको खेल १-१ गोलको बराबरी खेलेसँगै आयोजक कतारको बहिर्गमन निश्चित बनेको हो । कतारले समुह चरणको अन्तिम खेल नेदरल्याण्डससँग खेल्न बाँकी रहेको छ । सो खेल नोभेम्बर २९ मा हुने छ …

पुरा पढ्नुहॊस »

रवि चुनावी खर्च ११ लाख ८१ हजार, कुनै सम्मान/पुरस्कार नलिने घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका हुन् । साथै उनले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान तथा पुरस्कार नलिने उद्घोष गरेका छन् । उनले शनिबार बिहान फेसबुक पेजमार्फत यस्तो घोषणा गरेका हुन् । केही दिन पार्टीको कामले काठमाडौँ आउने र त्यसपछि चितवनमा नै …

पुरा पढ्नुहॊस »