News desk

वेस्टर्न युनियन मनी ट्रान्सफरको अभियानमा रेविकाले जितिन् १० तोला सुन

काठमाडाैं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको दशैं लक्षित सुनपति अभियानको विजेता घोषणा गरिएको छ । बम्पर लक्की ड्र मार्फत उक्त योजनाको विजता रेविका सुनुवार बनेकी छन् । कम्पनीका अनुसार विजेताले १० तोला सुन जितेकी छन् । वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । नेपालमा …

पुरा पढ्नुहॊस »

स्याङ्जा-१ मा नेपाली कांग्रेसका राजु थापा विजयी

काठमाडौं – निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारायणप्रसाद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । पराजित मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गर्दा राजुले ३१ हजार ९ सय ९९ मत प्राप्त गरेका थिए । राजु संविधानसभा सदस्य हुन् । २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट यिनै मरासिनीलाई पराजित गर्दै …

पुरा पढ्नुहॊस »

१४ वर्षीया किशोरीमाथि बलात्कार

काठमाडाैं । दाङमा १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पुरा पढ्नुहॊस »

गुल्मी-१ : प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी विजयी

काठमाडौं । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत गुल्मी क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी ३३ हजार ७ सय ४४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीपकुमार ज्ञवालीलाई एक हजार ५ सय ९२ मतान्तरले पराजित गरेका हुन् । पराजित प्रदीपकुमार ज्ञवालीले ३२ हजार एक सय ५२ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले एक हजार ८ …

पुरा पढ्नुहॊस »

राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्ने बेला भयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब राजनीतिक मूल्य मान्यता, दर्शन र सिद्धान्तमा चलेका दलहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गोरखाली जनतालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मूल्य मान्यता र सिद्धान्तमा चलेका दलहरुले कहाँनिर कमजोरी भयो भनेर हेर्नुपर्ने बताए भएको उनले बताएका छन्,’ उनले भने, ‘त्यसो नगर्ने हो भने देश भड्खालोमा पर्नेवाला छ ।’ उनले गोरखाबाट …

पुरा पढ्नुहॊस »

समानुपातिकमा माओवादी केन्द्रले पनि कटायो ५ लाख मत, अन्य दलको कति ? (सूचीसहित)

काठमाडौँ । समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि ५ लाख मत कटाएको छ । शुक्रवार दिउसो २:०० बजे सम्मको मत परिणाम अनुसार केन्द्रले ५०५५५० मत पाएको हो । अन्य दलको कति, हेर्नुहोस् सूचीमा : प्रतिनिधि सभा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ११६७७३३ नेपाली काँग्रेस १११३०८९ राष्ट्रिय स्वतन्त्र पार्टी ५४६८४० एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी) ५०५५५० राष्ट्रिय प्रजातन्त्र पार्टी २८९६३५ जनता समाजवादी पार्टी, …

पुरा पढ्नुहॊस »

गण्डकीमा ३३ सिट टुंगियो, कसले कति सिट जिते ?

काठमाडौं । गण्डकीमा प्रदेश सभातर्फ ३३ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३३ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १६ सिट जितेको छ । एमालेले ११ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ । मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ १ (क), तनहुँ २ (ख), …

पुरा पढ्नुहॊस »

रन्जु दर्शनाले पाएकाे मत जम्मा ६००

काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने दर्शनाले रन्जुले ६०० मत प्राप्त गरेकी छन् । उनले विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनी २०७४ को स्थानीय निर्वाचनबाट चर्चामा आएकी थिइन् । उक्त निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

पुरा पढ्नुहॊस »

आर्जु देउवा हारेको क्षेत्रमा कांग्रेसका पन्त निर्वाचित

काठमाडौँ । कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । पन्तले उक्त क्षेत्रका निवर्तमान सांसद एमालेका नारदमुनी रानालाई पराजित गरेका हुन् । पन्त २१ हजार ३ सय ९२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी रानाले २० हजार ३ सय १८ मत ल्याए । रानालाई १ हजार ७४ को मतान्तरले पारजित गरेका हुन् ।

पुरा पढ्नुहॊस »

समानुपातिकमा एमालेले कटायो १० लाख मत, अन्य दलको कति ? ( सूचीसहित)

काठमाडाैँ । समानुपातिकमा तर्फ नेकपा एमालेले १० लाख मत कटाएको छ । शुक्रबार बिहान ११ बजे सम्मको मत परिणाम अनुसार १०२८५७३ मत पाएको हो ।

पुरा पढ्नुहॊस »