संसद् बैठकमा आफ्ना ६ सांसदमात्र उपस्थित भएपछि रास्वपाले माग्यो माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूको कम उपस्थिति भएपछि माफी मागेको छ । पटक-पटक संसद्‍मा सांसदहरूको कम उपस्थिति हुने कुरालाई उठाउँदै आएको रास्वपाले सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नै पार्टीका सांसदसमेत अनुपस्थित भएपछि माफी मागेको हो ।

बैठकको अन्त्यतिर रास्वपाका ६, कांग्रेसका ९, एमालेका ७, एकीकृत समाजवादीका १ सांसद रहेको रास्वपाले जनाएको छ । रास्वपाले सोमबार कम उपस्थिति भएकोमा फेसबुकमार्फत माफी मागेको हाे ।

‘रास्वपाका २१ जनामध्ये जम्मा ६ जना सांसदको मात्रै उपस्थिति भएको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं र यसका लागि आम जनसमुदायसँग क्षमा पनि माग्न चाहन्छौं । आगामी दिनमा यस्तो हुन नदिन हामी पार्टीभित्रै विधि र पद्धति विकास गर्न लागिपरेको बेहोरा सम्बन्धित सबैमा अवगत समेत गराउन चाहन्छौं,’ रास्वपाले भनेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री