सात दिनभित्रै दोस्रो पटक सगरमाथा चुचुरोमा कामीरिता

काठमाडौँ । कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् । उनी बिहान ९ बजेर २३ मिनेटमा उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा पुगेर फर्किएका शेर्पाले बिहान दोस्रोपटक आरोहण गरे । यो सहित सगरमाथाको सर्वाधिक आरोहण गर्नेमा ५३ वर्षीय कामीरिताले कीर्तिमान पनि बनाएका छन् ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री