दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई विमानस्थलमा स्वागत

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन् ।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक- पटक देखाएको भन्दै हार्दिक बधाई दिए । विश्व मानव समुदायमा नयाँ सन्देश दिएको उल्लेख गर्दै उनले भने, ‘दुवै खुट्टा नभएर पनि तपाइको अदम्य साहस, अथक मेहनतले विश्व शिखर सगरमाथाको सफल आरोहण गर्नु भयो, तपाईँलाई उच्च सम्मान गर्दछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री