मुगुमा ट्याक्टर दुर्घटना : चालक र सहचालकको घटनास्थलमै मृत्यु

काठमाडाैं । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिनेट तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवाल रहेका प्रहरीले जनाएको छ । उनीहरुकाे घटनास्थलमै मृत्यु भएको हाे । आइतबार राति घटना भए पनि घटनाबारे बिहानै मात्र थाहा भएको वडा नं १४ का वडा अध्यक्ष जुन बहादुर खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार १४ नम्बर वडाका अध्यक्षमार्फत घटनाका बारेमा जानकारी भएको र त्यसतर्फ अस्थायी प्रहरी चौकी बाम र जिल्लाबाट प्रहरी घटनास्थल तर्फ गएको छ । प्रहरी पुगिसकेपछि थप अनुसन्धानमार्फत जानकारी हुने प्रनाउ बस्नेतले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस