प्रिमियर स्कुलका विद्यार्थीहरूले प्रदर्शन गरे सडक नाटक

काठमाडाैँ । प्रिमियर इन्टरनेशनल स्कुलका विद्यार्थीहरूले सडक नाटक प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले मंगलबजारको सडकमा दुई नाटक प्रदर्शन गरेर दर्शकहरूलाई मोहित पारेका कलेजले बताएको छ ।

घरेलु हिंसा र सौन्दर्य मापदण्डसम्बन्धी नाटक प्रदर्शन भएको हो । प्रदर्शनले सामाजिक मान्यताहरूलाई चुनौती दिन र महिला सशक्तिकरणको महत्व प्रकाश पार्नका लागि नाटक शक्तिशाली माध्यम भएको बताइएको छ ।

आगामी शुक्रबार विद्यार्थीहरूले दिउँसो ३ः३० बजेदेखि फेरि एक पटक लबिम मलमा नाटक मञ्चन गर्ने कलेजले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री