कैलाली पुगेर रेशमले भने- अन्य राजबन्दीलाई रिहाई गर्न असोज ३ पर्खिनुपर्दैन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाका राजबन्दीहरुलाई छिट्टै रिहाई गर्न माग गरेका छन् ।

आफू अदालतबाट रिहाई भएपश्चात गृहजिल्ला कैलाली पुगेका चौधरीले धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाई गर्न असोज ३ नै पर्खिनु नपर्ने बताए ।

प्रधानमन्त्रीले एक हप्ता, दुई हप्तामा नै राजबन्दीलाई कारागारबाट रिहाई गर्नुपर्ने माग गरे । चौधरीले टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएको भन्दै राज्यले उच्चस्तरीय छानबिन आयोग गठन गरेर धरातलमा गएर यो घटनाको छानविन गर्नुपर्ने बताए ।

टीकापुर घटनाको दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी ६ वर्षदेखि जेलमा थिए । उनलाई आज सरकारले गणतन्त्र दिवसको अवसरमा रिहाई गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री