किसान माईक्रोफाइनान्सको ४ हजार २८० कित्ता सेयर लिलाम खुल्यो

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय  संस्थापक समूहको १८३ कित्ता र सर्वसाधरणको समूहको ४ हजार ९७ कित्ता सेयर लिलामीमा ल्याइएको हो।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । यसम आवेदन दिने अन्तिम म्याद माघ १३ गतेसम्म हुनेछ ।

कम्पनीले यसअघि मंसिर २ गतेदेखि पुस ८ गतेसम्म २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमा ४ हजार २८० कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको सेयर लिलामीमा ल्याइएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुनधारा काठमाडौं तथा किसान माइक्रोफाइनान्सको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी, सिभिल बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज र नारायणगढ शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

१७ सयले बढेर सुनको मूल्यमा बन्यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्यले …

प्रतिकृया दिनुहॊस