नेपाल भलिबल टिम र जनता बैंकको पुरस्कार प्रायोजन सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल भलिबल टिम र जनता बैंकको पुरस्कार प्रायोजन सम्बन्धि सम्झौता गरिएको छ । उक्त  सम्झौतामा  बैंकका तर्फबाट  नायव प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको छन् ।नेपाल भलिबल संघ एनभिए अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार रु. २ लाख जनता बैंकले प्रायोजन गर्ने भएकाे छ । उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध गराउने जानकारी दिएका थिए।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी जनता बैंकले खेलाडीहरुलाई प्रदान गरिने  विभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आइरहेको जनाएको छ ।

गत पौष १३ गते नेपाल राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी रु. २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

पूर्वाञ्चाल विश्वविद्यालयले गर्‍यो १३ कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर

धुलिखेल । विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसंग …

प्रतिकृया दिनुहॊस