रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिका-१ मच्छेडाँडीमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको भने २० जना घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुँगाको चंपादेवी गाउँपालिका-६ का २५ वर्षीय ओम कार्की छन् ।घाइतेहरुको मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना भएको हो ।
तपाईंको प्रतिकृया



