काठमाडौं । समूह एफबाट स्वीडेन र मेक्सिको विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । हिजो राति भएको समूह एफको खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्वीडेन समूह विजेता हुँदै अन्तिम १६ मा पुगेको हो । मेक्सिको भने उपविजेता हुँदै अन्तिम १६ मा पुगेको छ । खेलको ५० औं मिनेटमा स्वीडेनका लुडविग अगुस्टिन्सनले पहिलो गोल गरे भने ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरे । यस्तै ७४ औं मिनेटमा मेक्सिकोका …
पुरा पढ्नुहॊस »दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी विश्वकपबाटै बाहिरियो
काठमाडौं । दक्षिण कोरियासँग पराजित हुँदै साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । हिजो राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २–० हराउँदै जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको हो । किम योङगवनले इन्जुरी टाइमको तेस्रो तथा एच सनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका हुन् । जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो …
पुरा पढ्नुहॊस »धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प
काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ५० मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको क्षतिको विवरण भने आएको छैन ।
पुरा पढ्नुहॊस »विषाक्त रक्सीले ४ जनाको ज्यान गयो !
काठमाडौं । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गर्दा चारजनाको मृत्यु भएको छ । कमला नगरपालिका वडा नं ५ का ४० वर्षिय रामनाथ पासवान, ५० वर्षिय रामचन्द्र पासवान, सिंग्याही मडानका ४५ का साबिर अन्सारी र ३६ वर्षिय मणि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए । जामुन पासवानको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ । बैदेशिक रोजगारमा जानु अघि स्थानीय युवाले हिजो गाउँमा भोज खुवाएका …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड
काठमाडौं । पहिरो र बाढीलगायत विपद्मा परेर ज्यान गुमाउने व्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दुई अर्ब रुपैयाँ निकासा दिएपछि कोषमा त्यति रकम जम्मा भएको हो । त्यसअघि कोषमा २ अर्ब १६ करोड रुपैयाँ थियो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुुसार कोषले दैवी प्रकोपका घटनामा आर्थिक सहायता …
पुरा पढ्नुहॊस »एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा !
काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । दारुका आफैँले अहिलेसम्म ६ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएका हुन् । समाचार अनुसार, नेपाली बजारमा अहिलेको भाउअनुसार ६ क्विन्टल सुनको मूल्य २ अर्ब ९४ …
पुरा पढ्नुहॊस »आफ्नै निर्णयबाट पछि हट्दै सरकार, रोकियो ठेकेदारमाथि कारबाही प्रक्रिया !
काठमाडौं । दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ । गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो। गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको विवरण मागेर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले काममा विलम्ब हुनुमा ठेकेदारको दोष नभई सरोकारवाला निकायले काम नगरेको भन्दै बचाउ गरेपछि …
पुरा पढ्नुहॊस »१० हजार कर्मचारी स्थानीय तहमा पठाइदै
काठमाडौं । लामो समयदेखि कर्मचारीको किचलो झेल्दै आएको संघीय सरकारले संघीय स्थानीय तहमा थप दश हजार कर्मचारी पठाउने तयारी गरिरहेको छ । लामो समयदेखि केन्द्रमा हालिमुहाली गर्दै आएका कर्मचारीहरु स्थानीय तहमा जान अटेर गरिरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गृहकार्य अघि बढाएको हो । स्थानीय तहमा भइरहेको कर्मचारी अभावलाई असारभित्रै पूर्ति गर्ने उदेश्य सहित सो गृहकार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । राज्यलाई …
पुरा पढ्नुहॊस »विदेशी पाइलटको उडान अनुमति (लाइसेन्स) खारेज
काठमाडौं । उडान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमति (लाइसेन्स) खारेज गरेको छ। प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरका प्रशिक्षक पाइलट जर्ग सेजिसेनम्यानको लाइसेन्स खारेज गरेको हो । स्वीजरल्याण्डका नागरिक सेजिसेनम्याले घटना लगत्तै नेपाल छाडिसकेका छन्। समाचार अनुसार मनाङ एयरको सिफारिसपछि २०७४ चैत दोस्रो साता प्रशिक्षक पाइलट सेजिसेनम्यानले प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेका थिए। उनले गत जेठ २५ …
पुरा पढ्नुहॊस »छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने
काठमाडौं । सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले कडा कार्यविधि बनाएको हो । यसअघि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गममा दुईवर्षे सेवा अवधि तोकिए पनि कार्यान्वयन भएको थिएन । स्वास्थ्य मन्त्रालयले दुर्गममा आवश्यकताअनुसार चिकित्सक खटाउन ‘छात्रवृत्ति व्यवस्थापन तथा परिचालनकार्यविधि २०७५’ बनाएर सेवा अवधि तोकेको हो । छात्रवृत्तिमा …
पुरा पढ्नुहॊस »