दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी विश्वकपबाटै बाहिरियो

काठमाडौं । दक्षिण कोरियासँग पराजित हुँदै साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

हिजो राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २–० हराउँदै जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।

कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको हो । किम योङगवनले इन्जुरी टाइमको तेस्रो तथा एच सनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका हुन् ।

जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा जर्मनीले स्विडेनलाई पराजित गरेको थियो ।

समूहमा स्विडेन र मेक्सिकोले समान ६ अंक जोडे । विश्व कपबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक रह्यो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस