माेहन सिपाडाेल

आरएसडिसी लघुवित्तको हकप्रद शेयरको बिक्री खुल्यो

काठमाडौं । आरएसडिसी लघुवित्तले आजबाट हकप्रद शेयरको बिक्री खुला गरेका छन् । कम्पनीको ६० प्रतिशत अर्थात ५ बराबर ३ को अनुपातमा २१ लाख ५९ हजार ७ सय कित्ता शेयर बिक्री खुला गरेको हो । १ सय रुपैयाँ अंकित मूल्यमा यस कम्पनीको शेयर हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । जेठ २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद भर्न सकिनेछ । लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट रहेको …

पुरा पढ्नुहॊस »

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद बिक्री खुला

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर आजबाट बिक्री खुला भएको छ । सिद्धार्थले चुक्ता पूँजीको ३५ तथा आरएसडिसीले ६० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएका हुन् । कम्पनीको ३५ प्रतिशत अर्थात १० बराबर ३.५ को अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता शेयर बिक्री खुला गरेको हो । १ सय रुपैयाँ अंकित मूल्यमा यस कम्पनीको शेयर हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । वैशाख ३१ गतेसम्म कायम रहेका शेयरधनीले …

पुरा पढ्नुहॊस »

सूर्या लाइफको बोनस सेयरको मूल्य समायोजन

काठमाडौ, असार १७ । सूर्या लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । समायोजन पछि इन्स्योरेन्सको प्रति कित्ता सेयरको मूल्य ५८० रुपैयाँ ३६ पैसा कायम भएको छ । आज इन्स्योरेन्सको यसै मूल्यलाई आधार मानेर कारोबार सुरु भएको छ । इन्स्योरेन्स कम्पनीको औषत मूल्य भने ७ सय २७ दशमलव २१ रुपैयाँ रहेको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले काभ्रेको एक बिद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे रोसी गाउँपालिका ९ मंगलटार स्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई बैंकले ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको हो । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले कम्प्युटरहरु हस्तान्तरण गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एव्म …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७ सय ६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज अन्तिम १६ का दुई खेल हुँदैछन् । आजका खेलहरु स्पेन विरुद्ध रुस स्थान : लुजनीकी स्टेडियम, मस्को समय – बेलुकी ७ः ४५ बजे क्रोएसिया विरुद्ध डेनमार्क स्थान : नीज्नी नोभगोरोड समय – रातिको ११ः४५ बजे

पुरा पढ्नुहॊस »

सिंगापुरबाट प्रचण्ड आज सीतासँग फर्कदै

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका प्रचण्ड आज फर्कने भएका छन् । सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज पत्नी सीतासँगै फर्कन लागेका हुन् । प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए । चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बतायो । चिकित्सकको सुझाव अनुसार सीताको …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको एफपिओ बिक्रि खुल्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले आजबाट १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयरको थप सार्वजनिक निष्काशन (एफपीओ) सार्वजनिक गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार आठ सय ८५ कित्ता एफपिओ निष्कासन गरेको हो । बैंकले आजबाट १९ गतेसम्मका लागि एफपीओ निष्कासन गरेको हो । यो समयमा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा बढीमा …

पुरा पढ्नुहॊस »

बैंकिङ कसुरमा सीइओ र अध्यक्षसहित ४ समातिए

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ४ जनालाई बैंकिङ कसुर अन्तर्गत पक्राउ गरेको छ । ब्यूरोले सामुदायिक लघुवित्त वित्तीय संस्था साँगा, काभ्रेको सञ्चालक समिति र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) समेतको मिलेमतोमा नियम विपरीत निर्णय गराई रकम प्रवाह गरेको अभियोगमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा तत्कालीन सीइओ स्वयम्भु राम जोशी, सञ्चालक समितिका अध्यक्ष हिरा विश्वकर्मा तथा सदस्य चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की रहेका छन् । प्रहरीका अनुसार …

पुरा पढ्नुहॊस »

अमेरिकाको पत्रिका कार्यालयमा गोली चल्यो

काठमाडौं । अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा आज बिहान गोली चलेको छ । गोली प्रहारमा परी ४ पत्रकारसहित ५ को मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् । मेरिल्याण्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा पाँच जना मारिएको जनाएको छ । मेरिल्याण्डको आनापोलिस भन्ने नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो । हमलामा एकजना करिब ३० वर्षकोजस्तो देखिने श्वेत पुरुषको …

पुरा पढ्नुहॊस »