विषाक्त रक्सीले ४ जनाको ज्यान गयो !

काठमाडौं । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गर्दा चारजनाको मृत्यु भएको छ ।

कमला नगरपालिका वडा नं ५ का ४० वर्षिय रामनाथ पासवान, ५० वर्षिय रामचन्द्र पासवान, सिंग्याही मडानका ४५ का साबिर अन्सारी र ३६ वर्षिय मणि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

जामुन पासवानको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ । बैदेशिक रोजगारमा जानु अघि स्थानीय युवाले हिजो गाउँमा भोज खुवाएका थिए ।

सो भोजमा घरेलु मदिराको प्रयोग गरेको पाईएको प्रहरीको भनाई छ । मदिरा सेवन गरेपछि रातिदेखि नै सिकिस्त बनेका उनीहरुको आज अपरान्ह मृत्यु भएको हो । यो खबर आजको कान्तिपुरमा छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस