प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड

काठमाडौं । पहिरो र बाढीलगायत विपद्‌मा परेर ज्यान गुमाउने व्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दुई अर्ब रुपैयाँ निकासा दिएपछि कोषमा त्यति रकम जम्मा भएको हो ।

त्यसअघि कोषमा २ अर्ब १६ करोड रुपैयाँ थियो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुुसार कोषले दैवी प्रकोपका घटनामा आर्थिक सहायता दिन तथा प्रकोपमा परेका व्यक्तिको उद्धारका लागि सोही कोषबाट गृह मन्त्रालयलाई रकम उपलब्ध गराउने छ । यो खबर आजको कान्तिपुरमा छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस