माेहन सिपाडाेल

अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जित्याे

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ । मोहमद अब्बासले दोस्रो इनिङ्समा पनि पाँच विकेट लिएपछि पाकिस्तानले अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा ३ सय ७३ रनको फराकिलो जित दर्ता गर्दै सिरिज १–० ले जितेको हो । पाकिस्तानले प्रस्तुत गरेको ५ सय ३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १ सय ६४ रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले सर्वाधिक ४३ रन जोडेका थिए । ट्राभिस हेडले ३६ …

पुरा पढ्नुहॊस »

विदेशी मुद्राको विनिमयदर: आज कस्तो छ ? (सुची हेर्नुहोस्)

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ ।

पुरा पढ्नुहॊस »

सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु

जनकपुरधाम । धनुषामा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, विस्फोटमा दुई जना घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिक–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विस्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो । शुक्रबार दिउँसो ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पुरा पढ्नुहॊस »

तालिबानद्वारा प्रहरी प्रमुखको हत्या

कान्दाहार । अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । आक्रमणमा परी कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल राजिकको हत्या गरेका हुन् । उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी अरु दुई जना प्रहरी अधिकृत पनि मारिएका छन् । उनीहरुको भने परिचय खुलाइएको छैन । बिहीबार बिहानै ठूलो सङ्ख्याका तालिबानहरुले निकै शक्तिशाली …

पुरा पढ्नुहॊस »

अझ ८७ स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी

काठमाडौं । संघीयता कार्यान्वयनमा आएपछि वित्तीय पहुँचमा विस्तार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ८७ स्थानीय तहमा वाणिज्य बैंक पुग्न नसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०७५ भदौ मसान्तसम्म ८७ स्थानीय तहमा वाणिज्य बैंक पुगेको छैन । संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहमध्ये चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरु वाणिज्य बैंकहरु बैंकका शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार …

पुरा पढ्नुहॊस »

ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते

धनुषा । धनुषाधाम नगरपालिका– ४ लक्ष्मीपुरमा आज बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् । माटो खन्न गएको बेला माथिबाट ढिस्को खसेर पुरिएपछि धनुषाधाम नगरपालिका– ९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादवको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । उनीसँगै माटो खन्न गएका बालिका मिका पन्डित र रन्जिता पन्डित घाईते भएको प्रहरी  जनाएको छ …

पुरा पढ्नुहॊस »

एक दर्जन दर्शनार्थीको सुन लुटियो

गौशाला । महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा एक दर्जन दर्शनार्थीको सुन लुटिएको छ । भूत मेलाका लागि प्रख्यात औरही नगरपालिका–७ मा पर्ने सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा बिहीबार सातजना र बुधबार ५ जनाको महिलाको सुन लुटिएको स्थानीयवासीले बताएका छन् । बिहीबार सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा औरही–७ कै शिवशङ्कर ठाकुरकी पत्नी उमादेवी ठाकुरको दुई तोलाको सुनको सिक्री लुटिएको छ भने सोही वडाका वडाध्यक्ष गणेश यादवकी बहिनीको पनि मङ्गलसुत्र लुटिएको छ । …

पुरा पढ्नुहॊस »

हिमालय एअरलाइन्सले काठमाडौं–चोङकिङ उडान सुरुवात गर्यो

काठमाडौं । हिमालय एअरलाइन्सले चीनबाट पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । जनवादी गणतान्त्रिक चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको होे । हिमालय एअरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउनेछ । चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एअरलाइन्स हो । २०७५ कात्तिक १ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय …

पुरा पढ्नुहॊस »

मोडल मानुसीको हत्या

भारत । मुम्बईमा एक मोडलको हत्या भएको छ । हैदरबादकी २० वर्षीया मोडल मानसी दीक्षितको हत्या गरी लाशलाई सुटकेशमा हालेर झाडीमा फालिएको भारतीय प्रहरीले जनाएको छ । २० वर्षीया ती मोडल भर्खर चर्चामा आउन थालेकी थिइन् । मानसीले कयौं म्युजिक भिडियो तथा सर्ट फिल्महरुमा काम गरिसकेकी थिइन् । ग्ल्यामर क्षेत्रमा आफुलाई अब्बल सावित नगर्दै उनको हत्या भएको छ । मानसीको हत्या हैदरबादका २० वर्षीय युवक मुजम्मिल सैय्यादले गरेका हुन् । …

पुरा पढ्नुहॊस »

जिल्लास्तरीय खुल्ला फुटबलको उपाधि राकर्स फुल्टेक्रालाई

खजुरा । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधि राकर्स फुल्टेक्राले जितेको छ । कम्दीको छग्रहवा खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा राकर्सले शहीद स्मारक राझालाई ०–१ ले हराएर उपाधि जितेको हो । प्रतियोगितामा विजेता राकर्सले रु ३५ हजार, दोस्रो हुने राँझाले रु १५ हजार र तेस्रो हुने नवदुर्गा युवा क्लब ‘ए’ ले रु पाँच हजार पुरस्कार पाएको छ । डुडुवा गाउँपालिकाको सहयोगमा नवदुर्गा युवा क्लब ‘बी’ले सो प्रतियोगिता …

पुरा पढ्नुहॊस »