प्रकाशलाई कोशीका पूर्व मुख्यमन्त्री शेरधन राईको एक लाख सहयोग

काठमाडौं । प्रकाश तामाङलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले एक लाख नगद सहयोग गरेका छन् । तीन दशकपछि घर फर्किएका तामाङलाई सहयोग गर्दै पूर्व मुख्यमन्त्री राईले मंगलबार काठमाडौँमा कृषिका लागि हाते ट्याक्टर र एकहल गोरु उपलब्ध गराउन पहल गर्ने बचन दिएका छन् । सो क्रममा तामाङले भोजपुरस्थित घरमै बसेर आमाबुवाको सेवा र कृषि गर्ने बताएका थिए ।

नगद सहयोग गरेका पूर्व मुख्यमन्त्री राईले तामाङलाई कृषिमा आवश्यक पर्ने एक थान एकहाते ट्याक्टर, एकहल गोरु, खेतीका लागि आवश्यक जमिन उपलब्ध गराउनका लागि पहल गर्ने बताएका थिए । १० वर्षको उमेरमा घर छाडेर काठमाडौँ पुगेका तामाङ त्यहाँबाट गोरखाको चुमभ्याली पुगेका थिए । त्यसयता उनी घर फर्किएका थिएनन् ।

तामाङलाई सामाजिक सञ्जाल युट्युबको ‘हेर्ने कथा’ नामक कार्यक्रमले सार्वजनिक गरेको थियो । त्यसपछि उनलाई विभिन्न व्यक्ति र संस्थाको सहयोगमा भोजपुरस्थित परिवारसँग मिलन गराइएको थियो । तामाङलाई आइतबार भोजपुरको षडानन्द नगरपालिका–१० स्थित घरमा पुगेर नगर प्रमुख, जिल्ला प्रशासनय कार्यालयको टोलीले नागरिकता उपलब्ध गराएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार …

प्रतिकृया दिनुहॊस